• २०८२ आश्विन ७, मंगलवार

केशवराज आमोदीको महाकाव्य ‘मत्स्यगन्धा’ लोकार्पण

तनहुँ ।

तनहुँको व्यास नगरपालिका स्थित दमौली स्थित व्यास नगरपालिका तनहुँको सभाहलमा आयोजना गरिएको समारोहमा महाकाव्यकार केशवराज आमोदीको महाकाव्य ञमत्स्यगन्धाझ को लोकार्पण कार्यक्रम सम्पन्न भयो । गण्डकी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने प्रमुख अतिथि रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रम गण्डकी वाङ्मय प्रतिष्ठानकी अध्यक्ष गौमाया न्यौपानेको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

तनहुँ व्यास नगरपालिकाकै सेरोफेरोका पौराणिक कथा समेटिएको मत्यस्यगन्धा लोकार्पण कार्यक्रममा त्यहाँका दरै, बोटे, दलित जनजाति समुदायका अगुवाहरूबाट शुभकामना व्यक्त गरिएको थियो । कविहरूबाट लोकार्पित कृति मत्स्यगन्धा महाकाव्यका श्लोकहरू पनि वाचन गरिए भने साहित्यकार डा. नारायणप्रसाद खनालबाटले महाकाव्यको समीक्षा प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको व्यवस्थापन र चाँजोपाँजो मिलाउन खटिएका आदरणीय साहित्यकार मुकुन्द पौडेललाई हार्दिक धन्यवाद दिइयो । चितवनबाट साहित्यकार रामबाबु घिमिरे, केशवराज आमोदी, तिलकराज शर्मा, मुकुन्द पौडेल, लक्ष्मण अर्याल, गोकर्ण मल्ल, कमल अर्याल, चिरञ्जीवी दाहाल, राजेन्द्र घायल र डा. नारायणप्रसाद खनाल तनहुँ पुग्नुभएको थियो । चितवनबाट जानुभएका साहित्यकारहरूले छाब्दी बाराही दर्शन, व्यास गुफा, मादी-सेती नदी बेनी दोभानको अवलोकन गर्नुभएको थियो ।