• २०८२ आश्विन २८, मंगलवार

जीवन स्मृति पुरस्कारका नियात्राकार युवराज नयाँघरेलाई

काठमाडौँ ।

जीवन स्मृति प्रतिष्ठान झापाले जीवन स्मृति पुरस्कारका लागि प्रतिभा छनौट गरेको छ । प्रतिभा छनौट समितिको सिफारिसमा कार्यसमितिले जीवन स्मृति पुरस्कारका लागि निबन्धकार- नियात्राकार युवराज नयाँघरेलाई नेपाली निबन्ध लेखनमा विशेष योगदान गरेबापत पुरस्कार दिने निर्णय गरेको छ । यसैगरी लीला उदासी, कलाकार विक्रमश्री, कथाकार रीता ताम्राकारलाई पुरस्कृत प्रतिभा छनौट गरेको छ । साथै युवा प्रतिभा प्रोत्साहन पुरस्कारका लागि खुशी चोमू शेर्पालाई छनौट गरेको कुरा सस्थाका सचिव धनकुटे कान्छाले जानकारी गराएका छन् ।

जीवन आचार्य ३० को दशकका चर्चित कवि, कलाकार, डिजाइनर तथा स्तम्भकार हुन् । उनको नाममा जीवन स्मृति प्रतिष्ठान स्थापना भई हरेक वर्ष संस्थाले प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ । उक्त पुरस्कारहरू जीवन आचार्यको स्मृति दिवसको अवसरमा जेठ महिनामा कार्यक्रम गरी प्रदान गरिने छ । जीवन स्मृति प्रतिभा पुरस्कार जनही २०,१११ नगद र ताम्रपत्र साथै जीवन स्मृति युवा पुरस्कार ११,१११ नगद र ताम्रपत्रसहित पुरस्कृत गरिने छ ।