• २०८२ आश्विन ६, सोमबार

साहित्यकार गृष्मा पौडेलको  ‘संघर्ष १०१’ कृति विमोचन

काठमाडौंँ

अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा साहित्यकार गृष्मा पौड्यालको कृति संघर्ष १०१ सार्वजनिक गरिएको छ ।  पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा तथा अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के. सी.को सभापतित्वमा सम्पन्न उक्त कार्यकर्ममा डा. मदनकुमार भट्टराई, केदार भक्त माथेमा, अच्युत भक्त पौडेल, गेहेन्द्र राज भण्डारी तपस अधिकारी, बल बहादुर कुँवर, अञ्जना श्रेष्ठलगायतका विशिष्ट अतिथिहरूको  उपस्थित रहेको थियो । डा. मिनेन्द्र रिजालले  साहित्यबाट  राजनीतिमा व्याप्त वेथितिको सुधार गर्न सकिने तथा लेखनमाफर्त हरेक श्रष्टाले असल समाजको परिकल्पना गरेको कुरा व्यक्त गर्नुभयो  ।

नयाँ बानेस्वर स्थित  एभरेस्ट होटेलमा आयोजना गरिएको उक्त  कार्यक्रममा त्रिभुवन विश्वविद्यायलका पूर्व उपकुलति केदारभक्त माथेमाले आफूले गृष्मालाई जापानमा भेटेको र समस्यामा परेका नेपालीका लागि उहाँले गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले गृष्माको मुक्तकले मानिसका हरेक अवस्था र मनस्थितिलाई प्रतिविम्वित गरेको बताउनुभयो । उहाँले अनेसास नेपाल च्याप्टरले विश्वभर छरिएर रहेका नेपाली लेखकहरूलाई मातृभूमीमा स्वागत गर्न पाउँदा खुशी पनि व्यक्त गर्नुभयो ।

जापानमा रहेर साहित्य र सामाजिक क्षेत्रमा क्रियाशील गृष्मा पौडेलले देशभित्र र देशबाहिर रहँदा आफुले अनुभव गरेका विषयहरूलाई लेखनको विषय बनाएको बताउनुभयो ।

कार्यक्रम संचलन अनेसास नेपाल च्याप्टरका महासचिव रन्जना निरौलाले गर्नु भएको  थियो ।  अनेसास नेपाल च्याप्टरका पदाधिकारिहरू  तथा कवि, लेखक, साहित्यकार, गायकलगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।