• २०८२ आश्विन ६, सोमबार

दिलिप पौडेलको ब्लफर्स–डायरी कथासंग्रह सार्वजनिक

काठमाडौँ ।

कथाकार दिलिप पौडेलको कथासंग्रह ‘ब्लफर्स डायरी’ लोकार्पण भएको छ । सोमबार साँझ एक समारोहमा कृति लोकार्पण भएको हो । पुस्तकमा विविध विषयका १८ वटा कथा समेटिएको छ । क्यानडामा बसोबास गर्ने पौडेलको यो पहिलो कृति हो । कथामा आदिवासी नेपालीको कथा र आफ्नो गाउँघरको व्यथालाई कथाको रूपमा प्रस्तुत गरेको पौडेलले बताए ।

कथासंग्रहमाथि बोल्दै समीक्षक राजकुमार बानियाँले कथामा द्वन्द्वकालका कथादेखि देश, समाज, प्रेम र आप्रवासी नेपालीको कथा व्यथासम्म कलात्मक शैलीमा प्रस्तुत गरेको र संग्रहभित्रका कथाको शीर्षकले पाठकहरुलाई कौतुहलता पैदा गराउने किसिमको रहेको बताए ।

त्यसैगरी, समीक्षक विक्रम भक्त जोशीले कथाहरू छोटा वाक्यहरूमा भएका र पढ्दा रोमाञ्चित बनाउने गरी लेखिएको बताए । कथाको परिवेश नै इम्याजिन गर्न सकिने खालको रहेको र सरल लेखन शैलीमा कथाहरू लेखिएको उनको भनाइ छ । शिखा बुक्सले प्रकाशन गरेको किताबको मूल्य ४०५ रुपैयाँ तोकिएको छ ।


हारिरहेछ देश

रहस्य

Dad