नमस्ते आधुनिक लघुकथा मञ्चले वि. स. २०८० सालमा स्थापना गरेको लघुकथालय पुरस्कार-२०८१ ललिता दोषीको लघुकथासंग्रह पहिरोलाई दिने भएको छ । संस्थाले पुरस्कार प्रयोजनका लागि वि. संं. २०८० मा प्रकाशित लघुकथा कृतिहरू पुस्तक बजारबाट सङ्कलन गरेको थियो । २०८० सालभित्र प्रकाशित लघुकथा कृतिहरू बजारमा पाइएसम्म सङ्कलन गरी मूल्याङ्कनमा समावेश गरिएकोमा निर्णायक समितिले अध्ययन र मूल्याङ्कन गरी यस वर्षको लघुकथालय पुरस्कारका लागि उत्कृष्ट लघुकथा कृति पहिरोलाई छनौट गरेको हो ।
पुरस्कृत कृतिका कृतिकारलाई नगद रू ११, १११ (एघार हजार, एक सय एघार) सहित सम्मान गरिनेछ ।