समाचार

काठमाडौँ ।
उपन्यास समाज नेपालको आयोजनामा काठमाडौंको केन्द्र रामशाहपथ स्थित ग्रीनलिफ रेस्टुरेन्टको सभाकक्षमा उपन्यासकार ज्ञानु बुढाथोकीको उपन्यास ‘याङरुप’को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीको सभापतित्वमा भएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसीप्रसाद भट्टराई प्रमुख अतिथि थिए ।
आख्यानकार माधव बिडारी ‘चेतनपथ’ले संचालन गरेको परिचर्चा कार्यक्रममा वरिष्ठ साहित्यकार तथा नेपाली लेखक संघका नवनिर्वाचित अध्यक्ष वियोगी बुढाथोकीले स्वागत मन्तव्य दिएका थिए । करिव डेढ घण्टा चलेको उक्त कार्यक्रममा प्रा. डा. कृष्णप्रसाद दाहाल, डा. शान्तिमाया गिरी, पवन आलोक, श्रीओम श्रेष्ठ ‘रोदन’, केशव आचार्य, प्राज्ञ सभा सदस्य मुनाराज शेर्मा, भद्रगोल किराती लगायतले कृति र कृतिकारको विषयमा आ- आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा प्रकाश घायल, दुर्गा अधिकारी भमरकोटेू, बासुदेव गुरागाईँ, नरेद्रजंग पिटर, कृष्णप्रसाद नेपाल, हरि थापा, डा. इन्दुल के. सी. शुकदेव उपाध्याय, तारा सुवेदी, प्रकाश तिवारी, लगायतका वरिष्ठ साहित्यकारहरूको उपस्थिति थियो ।