ललितपुर, २०८१ मंसिर १५ ।
भानु प्रकाश जोशी को कविता कृति श्वेताम्वरा जेष्ठ नागरिकहरुको सभामा लोकार्पण भयो । बागडोल विकास समाज सेवाले नियमित रुपमा हरेक महिनाको १५ गते सन्चालन गर्दै आएको यस कार्यक्रममा नियमित स्वास्थ्य परीक्षण पनि भएको थियो ।
सँस्थाका अध्यक्ष राजबहादुर राई, बागडोल जेष्ठ नागरिक समाजका अध्यक्ष एबम् संस्थाका निवर्तमान अध्यक्ष राजेश कार्की, संस्थाका सँरक्षक सदस्यहरु, बागडोलबासि महिला तथा पुरुषहरु, साहित्यकारहरु, युट्युवरहरु गरी करिव ७५ जनाको उपस्थिति थियो । जेष्ठ नागरिकमा सेवानिवृत्र् सेनाका उच्चतहका ब्यक्तिहरु, बैँकरहरु, निजामती सेवाकाहरु, साहित्यकारहरु र गृहिणीहरु थिए । सँस्थाको तर्फबाट सबैलाइ चिया र मिठो खाजाको पनि ब्यबस्था भएको थियो ।