• २०८२ आश्विन ६, सोमबार

मातृभाषा साहित्यको २१ओैँ शृड्खलामा लोकबहादुर बायुङ राइको ‘बायुङ भाषाको साहित्य’ विषयक कार्यपत्र प्रस्तुत

काठमाडौँ ।

नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा आयोजित मातृभाषा साहित्यको २१ओैँ शृड्खलामा लोकबहादुर बायुङ राईले लिखित बायुङ भाषाको साहित्य विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा समालोचना र साहित्येतिहास विभाग प्रमुख डा. मधुसूदन गिरीले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो । उहाँले वायुङ भाषाको साहित्य र वर्तमान अवस्थाबारेको उक्त कार्यपत्रमाथि चर्चा गर्दै भाषिक र सांस्कृतिक ओैपनिवेशिकका कारण नेपालका मातृभाषाहरू माथि थिचोमिचो भएको बताउनु भएको थियो ।

उहाँले यसका विरुद्ध अनुसन्धान गरेर सत्य तथ्य पत्तो लगाउनुपर्ने बताउनु भएको थियो । विविध जातजाति, प्राकृतिक र सांस्कृतिक ग्रन्थका दस्तावेज सङ्कलन गरेर हडसनले ४०४ गाडा अर्थात् एकपानी जहाज ऐतिहासिक दस्तावेज लगेका थिए भनिन्छ । यसमा ३८१ वटा संस्कृतका पाण्डुलिपि भएको कुरा उल्लेख हुँदै आएको छ । यसको वास्तविकता अध्ययन गर्न हडसन कलेक्सन सम्म पुग्नुपर्ने बताउनु भएको थियो । स्वागत मनतव्य तथा कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले मातृभाषा साहित्य शृङ्खलाले समग्र मातृभाषाको विकासमा योगदान पुर्याएको बताउनु भएको थियो ।

कार्यक्रम समापनका क्रममा सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख राजन मुकारुङले हरेकपटक राज्यको नयाँ संरचना बन्दा जनजातिको इतिहास, सभ्यता, थातथलो र संस्कृतिमाथि अतिक्रमण हुँदै आएको र यस उपनिवेशलाई उजागर गर्दै आफ्नो पहिचानलाई जोगाउनुपर्ने बताउनुभएको थियो । उहाँले वायुङ भाषाको साहित्य र वर्तमान अवस्थाबारे लोकबहादुर वायुङ राईले कार्यपत्र प्रस्तुत गरेर आफ्नो र समग्र मातृभाषाका समुदायका लागि महत्त्वपूर्ण काम गरेको बताउनु भएको थियो । कार्यपत्र प्रस्तोता राईले वायुङको भूगोल र जनसङ्ख्या, तथ्याङ्कमा वायुङ भाषा, वायुङ संस्था, पूर्व कार्यको समीक्षा, वायुङ वर्ण, पाठयक्रम, वायुङ राई भाषाका कृति र कृतिकार, वायुङ स्रष्टा र चुनौतीबारे उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा मुगाल भाषाका कवि सोनाम यङ्की, वाम्बुले राईभाषाका कवि सोनाम सज्जन किराती र थारुभाषाका कवि सन्तोषी चौधरीले कविता वाचन गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि प्रताप नाछिरिङ,डा. सोम धिमाल र शोभा सुनुवारले आआफ्नो जिज्ञासा तथा सुझाव प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रमको सहजीकरण प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियो ।


प्रेम

तिमी छैनौ

गजल