समाचार

गोरखा
नारायण प्रसाद पोखरेलद्वारा लिखित स्मृति काव्य ‘नियति’ लोकार्पण गरिएको छ । गोरखा जिल्ला समन्वय समितिको सभाहलमा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापाद्वारा पुस्तकको विमोचन गरिएको थियो ।
२०७२ वैशाख १२ को भूकम्पमा परी परिवारका चार सदस्य गुमाएका बक्राङ भोगटेनीका कृष्णप्रसाद पोखरेल र अम्विका पोखरलेले पुस्तक प्रकाशन गरेका हुन् । भूकम्पमा परी प्रकाशद्वयका छोरी रञ्जिता पोखरेल, रोजिना पोखरेल, छोरा अंकित पोखरेल र ज्वाइँ कृष्ण उपाध्यायको निधन भएको थियो ।
महाबिपत्तिको घटना उठान गरेर पुस्तक प्रकाशन गरिएको उनले बताए । महाबिपत्तिमा भोगेका भोगाईका बारेमा १२ अध्यायको पुस्तकका विभिन्न छन्दबाट स्मृति काव्य प्रकाशन गरिएको हो । मनकामना स्थित बनौती घर भएका लेखक नारायणप्रसाद पोखरेलले यसअघि अक्षयवट, उपरान्त, पद्मश्री, मर्स्याङदी खण्डकाब्य, आरोहण संयुक्त महाकाब्य, अमरगाथा महाकाब्य, टोपी कविता संग्रह र तीजको गीत गीतिसंग्रह प्रकाशन गरिसकेका छन् ।