समाचार

मैले मन पराउँदैमा
ओइलाउने हैन
फुलेको फूल
बालापन हो त्यो
मैले चाहेरै बुढ्यौलीमा
रुपान्तरित नहुने हैन
छैन नयाँ पुरानो नहुने
त्यस्तो कुनै उपाय
कुनै मायामा पनि छैन ।
हराउँछ
जस्तै
स्वर्गैको फूलको महक पनि
त्यसरी नै बिलाउँछ
तिम्रो परेलामा परेको
मेरो ओठको टलक पनि ।
यस्तो चाह नै नगरुँ
आऊ मायालु तिमी-हामी
परस्परमा आराधना गरौँ
तिमीले सम्झिँदा म
मैले सम्झिँदा तिमी
त्यत्तिकै जवान होऔँ
जत्तिको जवान हामी अहिले छौँ ।
चोखो मायामा
यो अनन्त जवानी
हुनै पर्छ
नहोऔँ तिमी-हामी
तर,
हाम्रो यो पावन आकाङ्क्षाले
हाम्रो यो धर्ती रङ्गिनै पर्छ ।
साभार: बसन्त (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)