कविता

गोधुलीसाँझ
निम्तो आईपुग्छ
आँखालाई निद्रावतिको
बा को हप्काई
आमाको मीठो लोहरी गीत सुनेर
निदाउँथे म ,
हिजोसम्म आमाको काखमा
बा को हप्काई प्रित हुन्थे
आमाको गाली गीत हुन्थे
आज विगत सम्झिँदा
हिमताल फुट्छ वर्तमानको
आज भोलिका बच्चा
लोहरी सुन्छन्
बेस्वादका, बेरङ्गका, बेरसका
अनेक तालसँग ठोक्किन्छन्
घाइते हुन्छन्
तर
चेत खाँदैनन्
समय उही हो
मात्र
पात्र र परिवेश फरक छ
फरक पनि के भन्नू ?
उ बेलाको ऊ
र यो बेलाको यो
उस्तै उस्तै त हो !
जीवन आचार्य निश्चल, मधेश प्रदेस, बागमती ११, कर्मैया, सर्लाही
[email protected]