सुन्दर मुहारको कुरूप मुटु - Aksharang
  • २०७८ असोज १२ मङ्गलबार

सुन्दर मुहारको कुरूप मुटु

लक्ष्मण सिटौला

लक्ष्मण सिटौला

एयर ईन्डिया अप्रेसन बिभागबाट बम्बैदेखि काठमान्डु सम्मको इन रूट वेदरको रिपोर्ट लिएपछी म सिधै बे नम्बर ५४ मा राखिएको हाम्रो ध्वजाबाहक जाहाजको ककपिटमा गएँ ।
जहाज ठिक समयमा अवतरण भएको थियो । जाहाजमा रिफ्युलिङको काम सकेर क्लिनिङको काम भैरहँदा आज क्लिनिङमा विषेश ध्यानदिनु है भनेर क्लिनिङ सुपरभाइजरलाई सम्झाएँ । त्यो दिन कमान्ड पाइलोटमा हुनुहुन्थ्यो क्याप्टेन एस के श्रेष्ठ र को पाइलोट हुनुहुन्थ्यो योगेश हिराचन ।
मैले वेदर रिपोर्ट योगेश हिराचनलाइ दिएँ । रिपोर्टिङ अनुसार योगेशले मुम्बई टावरसँग आफ्नो जहाजको बारेमा, कल साइन, प्यासेन्जर कन्फिगरेसन, फ्युल, कार्गो बारेमा रिपोर्टिङ गर्नु भो । ग्राउन्ड सर्भिसको कामहरू सबै सकिएपछि प्यासेन्जर छोड्नु भन्नू भो क्याप्टेन एस के श्रेष्ठले ।
मैले भित्र चेक इन काउन्टरमा गोपाल तन्डुकार दाइलाइ खबर गरेँ । आर एन पान्डेले अघिनै प्री बोर्डिङ सकिसक्नु भएको खबर आयो उताबाट । म बोर्डिङ गेटमा गएँ । एयर ईन्डियाका सपोर्टिङ युनिटका भाइहरूलाइ प्यासेन्जर बोर्ड गर्न अनुरोध गरेँ । एयरबस ३२० मा एक सय बीस जना यात्रु, दश टन कार्गो भनेपछि लोड राम्रै थियो । एक्सेज ब्यागेज पनि ५०० किलो थियो । जाहाजमा राम्रो लोड छ भनेपछि क्याप्टेन एस के श्रेष्ठ पनि खुसी हुनु भयो ।
बिजनेस क्लासमा मात्रै दुइजना यात्रु थिए । त्यो दिनको फाइनल प्याक्स कन्फिगरेसन २/११८ थियो । यात्रुका लागि खाना काठमान्डुबाट नै लोडहुन्थ्यो । म एयर्पोट मेनेजर थिएँ । एयर्पोट अप्रेसन, चेक इन, प्यासेन्जर ह्यान्डलिङ, एराइभल, डिपाचरको सम्पूर्ण जिम्मेवारी मेरो थियो । म त्यहीदिन दुई दिनको लागि काठमान्डु ड्युटीमा जादै थिएँ । आज म पनि हजुरहरू सँगै काठमान्डु जाने भनेपछि क्याप्टेन एस के श्रेष्ठ पनि खुसी हुनुभो ।
स्टेशन खोलेको थोरै समयमा नै मुम्बई स्टेशनले राम्रै प्रगति गरेको कुरा यता हेड अफिसमा बेलाबेलामा कुरा उठेको थियो रे । यहि हौसलाले पनि हाम्रो सिङ्गो टिमलाई काम गर्ने वातावरण मिलिरहेको थियो । त्यो दिन बिज्नेस क्लासमा दुई जना यात्रु मात्रै थिए । अरू सिट खाली नै थिए । रिफ्युलिङ, क्लिनिङ, प्यासेन्जर बोर्ड गर्ने काम सकेर म स्वयं जाहाज भित्र बसेँ ।

क्याप्टेन एस के श्रेष्ठले बिज्नेसमा आउनु भन्ने अनुरोध एयरहोस्टेस बहिनीले खबर ल्याएपनि म आफ्नो पाङला क्लास ५ को एफमा थिएँ । क्याप्टेनले अगाडि बोलाउना साथ म अगाडि गैन । त्यहाँ अघिदेखि एउटा सुन्दरी नेपाली हिरोनी ५ को ए सिटमा बसेकी थिइन । उनको छेउमा एउटी अपाङ्ग बहिनी (दुवै हात नभएको ५ को सि सिटमा बसेकी थिइन) । जब ती सुन्दरी हिरोनीले आफू सगै ती अपाङ्ग बहिनीलाइ देखिन तिनले एयरहोस्टेज बहिनीको सात्तो खाइन र भन्दै थिइन-
“यस्ता अपांग बसेको सिटमा मलाई किन राखेको  ? यिनको दुवै हात छैन के मैले यिनलाइ फ्लाईटमा खाजा ख्वाउनु र बाथरूम मुताउन लानुपर्ने हो ?”
“पर्दैन बहिनी यिनको सेवाको लागि त हाम्रो क्रु टिम छँदैछ नी”
“जे भएनि मलाई मतलब छैन । म यिनीसँग बस्दिन, कि यिनलाइ यो सिटबाट हटाउनु कि मेरो सिट उता बिजनेसमा खाली देखेँ त्यता सार्दिनुस”
“तपाईं बिजनेस क्लासमा बस्ने हो भने इकोनोमिक्स क्लास र बिजनेस क्लास बिचको पैसाको डिफिरेन्स तिर्नुपर्छ बहिनी”
एयर होस्टेसको कुरा सुनेर ती हिरोनी झन जङ्गिइन । झगडा गर्न थालिन । त्यतिकैमा जाहाज टेकअफ प्वाइन्टमा पुग्यो । सबैलाई सिट बेल्ट बाध्न र आ-आफ्नो सिटमा धैर्यतापूर्वक बसिदिन आग्रह आयो । तर ती नेपाली हिरोनी बेल्टनै नबाँधी एयर होस्टेजलाइ बोलाइ रहेकी थिइन । जाहाज टेक अफ भो ।ती हिरोनीले रातो बत्ती थिचिरहिन । विमान परिचारिका नजीक पुग्दा ती अपाङ्ग बहिनी रोइरहेकी थिइन । हिरोनी फेरि कराउन थालिन कि म यस्ती अपाङ्ग महिलासँग बस्दिन मलाई क्याप्टेनलाई भेट्न् दिनु म आफ्नो सिट परिवर्तन गर्छु भनेर”
अति नै भएपछि विमान परिचारिका ककपीटमा क्याप्टेन एस के श्रेष्ठलाई रिपोर्टिङ गर्न गइन । एक छिन्मा क्याप्टेन एस के श्रेष्ठ ककपीट कक्षबाट बाहिर निस्कनु भो । ती नेपाली हिरोनीले क्याप्टेनलाई चिनेको जस्तो गरेर हात मिलाउन गइन । तर क्याप्टेन एस के ले हात मिलाउन मान्नु भएन । क्याप्टेन बोल्न थाल्नु भो
ल भन्नुस बहिनी तपाईंको समस्या के हो ?
मलाई किन अपाङ्ग बस्ने सिटमा राखेको ?
“तपाईंले यो सिट आफैँले माग्नु भएको रे नि त अगाडिको दिनु भनेर”
“होइन मलाई के थाहा यो सिट अपाङ्गहरूको लागि पनि हो ?
“जाहाज भित्र आएपछि सद्दे अपाङ्ग भन्ने  हुन्न सबैजना यात्रु हो”
“मलाई यो सिट बाट सार्दिनुस म अपाङ्गसँग बस्दिन”
एक्छिन पछि ती अपाङ्ग बहिनीलाई क्याप्टेनको अनुरोधमा बिजनेस क्लासमा स्थान्तरण गरिन्छ । क्याप्टेन एस के श्रेष्ठ आफैँ आएर सलाम गर्छन । माफी माग्छन् । ती अपाङ्ग महिला थिईन आर्मि मेजर शान्ता थापा जसको हात माओवादी द्वन्द्धकालमा होलेरिको जङ्गलमा शत्रुसँग भिड्दा गुमेको थियो । रास्ट्रको लागि लडेका ती हातलाइ सलाम गर्दै विमान परिचारिकाले ससम्मान भित्र बिज्नेस क्लासमा लैँजादा ती नेपाली हिरोनी वाक्क परेर ती अपाङ्ग यात्रुलाइ हेरिरहेकी थिइन । अनुहार राम्रो तर हिर्दय कुरूप भएकि ती हिरोनीलाइ विमान परिचारिकाले भनिन-
“तपाईलाई  खाना खान मद्दत चाहियो भने भन्नू होला है”
जाहाज आफ्नै गतिमा दिल्ली एयर्पोट नजिकै पुग्दै थियो । म पनि पाङ्रीला क्लास बाट साङ्रीलामा गएँ । क्याप्टेन एस के श्रेष्ठ मेरै प्रतीक्षामा हुनु हुँदोरहेछ ।
“काउन्टरमा प्यासेन्जर चेक इन गर्दा सिटहरू प्यासेन्जर अन डिमान्डमा होइन  सिस्टमबाट नै दिनु लाउनु  सिटौला जी”
“हस सर ! तर आज म्यानुल चेकइन गरेको सिस्टम बिग्रेर”
जिन्दगी आजसम्म म्यानुअलमै चलिरहेको छ खै कहिले पनि गल्ती भएन । डिजिटलमा चल्नको लागि त हामीसँग प्रसस्त ब्याकअप हुनुपर्छ । जाहाजमा खासै खाना खान पनि मन लागेन । झोक्राएँ  केहिबेर । सुस्ताएर बाहिर हेरिरहेँ । पर पर बिजुलि चम्किएको जस्तो लाग्यो । पृथ्वी र आकाश मिलेको जस्तो ।
क्याप्टेन एराइभल तयारीमा लाग्न ककपिट जानू भो । मेरो छेउको अर्को सिटमा मेजर शान्ता थापा आरामले निदाइरहनु भएको छ । यो अनुहार जो रास्ट्रको लागि उपयोगमा आएको थियो अनि त्यो नेपाली हिरोनी जसको अनुहार हिरा जस्तै चम्केको त थियो तर त्यो हिरा भित्रको कुरूप किराले कसरी मान्छेको सगोल इमान्दार र मनुष्यत्वलाइ खर्लप्प निलेको हुदोरहेछ थाहा भो ।

ती सुन्दरी हिरोनीको मुहारमा कसैले पर बाट तेजाब छ्यापि दिएको सम्झिए ।  ती एकै छिनमा कुरूप भएको सम्झिए । अनुहार कुरूप अनि मन पनि कुरूप भएपछि के तिनले पनि आफूलाइ अपाङ्ग सम्जीनछिन् कि वा सधैं झै घमण्डको रापिलो धुवाँ जसले कुनै दिन सत्यको पर्दा च्यातिदिने छ र यो ईश्वरको सृष्टिमा कोहि अपाङ्ग र कोहि सपाङ्ग कोहि माथिल्लो जात र कोहि तल्लो जातको हो भन्ने  हिन भावनाको अन्त्य होला नि है !
सोच्दै थिएँ । जाहाजले ल्यान्डिङ गेयेर झार्यो । अलिकति पर आँखा पुगेछ । हाम्रो एयर्पोट त्रिभुवन अन्तर्राष्ट्रिय एयर्पोर्ट ।
“बहिनी सबै महिला तपाईं जस्तै सुन्दर नहोलान । हामीले पुज्ने  मुर्ती पनि कति सुन्दर हुन्छ । हामीले अक्षतापाती चढाउछौँ सदा त्यसलाइ तर त्यो सुन्दर मुर्ती परेको बेलामा हाम्रो आँसु पुछन कहिले अगाडि आएन । तपाईं त्यो ढुङ्गाको मुर्ती जस्तो नबन्नुस है, आफैँ अपाङ्ग”
उनी भैमा निहुरिएर कर मुक्त सामान (रक्सी ) समाउँदै थिइन । म जहाजबाट निस्किए ।


(लक्ष्मण सिटौला चर्चित साहित्यकार हुन् ।)
axmanrajsitaula@gmail.com