• २०८१ असोज २९ मङ्गलबार

भरत आचार्यका पाँच मुक्तकहरू

भरत आचार्य

भरत आचार्य

भनिन्छ डाक्टर र वकिललाई ढाँट्नु हुँदैन
यो सत्य हो न्याय दिनेले गुलियो चाट्नु हुँदैन ।।
जगतको भलाईमा एक झुट जाहेज हुन्छ रे
तर पनि पैसा सँग इमान जवान साट्नु  हुँदैन ।

जे जे को चिन्तन ग¥यो थोर बहुत दैवले त्यही दिन्छ ।
यता दुख्यो उता चस्क्यो सम्झी रहे त्यै व्यथाले मरिन्छ ।।
हुने हुनामी न भै छाड्दैन निश्चिन्त रहनु होस्
श्रोत साधन सबै व्यर्थ हुन्छन् मरे पछि को व्युँतिन्छ ।

सबेरै जाग्नु पर्छ सत्कर्ममा लाग्नु पर्छ ।
काम ठूलो स्यानो हुँदैन, अहमता त्याग्नु पर्छ ।।
हर बिहान नयाँ जन्मदिवस बनोस् !
जान्ने सुन्नेले नजानेकालाई सम्झाउनु पर्छ ।

पाडो खानेले बाच्छो राख्दैन ।
तिउन चाख्नेले चोखो राख्दैन ।।
यति कुरा याद रहोस महोदय
फूर्ति धेरै झार्नेले माखो मार्दैन

अन्जानमा कति पाप हुन्छ प्राय सबै माफ हुन्छ ।
फलको आशा नराखी गरेको कर्म लाजवाफ हुन्छ ।
मान्छे न हो लोभ लालच हुन्छ मनको कुनामा-
लालच दबाउन नसक्दा मान्छे कै पत्ता साफ हुन्छ ।


भरत आचार्य
[email protected]