नर्वेको कविता

फिदा भएँ म त कस्तरी कस्तरी
मायाको जालैमा परेँ कस्तरी कस्तरी
माया आफैँ बस्दो रैछ प्रेम अन्धो हुँदो रैछ
बस्यौ तिमी यो मुटुमा सुस्तरी सुस्तरी
उजाड गयो रङ्गीन भयो माया लाएपछि
उमङ्ग छायो वसन्त आयो तिमी आएपछि
दिवाना भएँ म त कस्तरी कस्तरी
प्रीतिको तालैमा डुबेँ कस्तरी कस्तरी
मन आफैँ पर्दो रैछ प्रेम अन्धो हुँदो रैछ
पस्यौ तिमी यो मनमा सुस्तरी सुस्तरी
फसेँ म त पिरतीमा सुस्तरी सुस्तरी
यो मनमा जे छ त्यो मनमा त्यै छ भन्ने थाहा छ
तिमी मेरी बन मलाई तिम्रै बन्ने चाह छ
प्रेमरोगी भएँ म त कस्तरी कस्तरी
फसेँ म त पिरतीमा सुस्तरी सुस्तरी
प्यारको छालैमा पसेँ कस्तरी कस्तरी
फसेँ म त पिरतीमा सुस्तरी सुस्तरी
दिल आफैँ साटिँदो रैछ प्रेम अन्धो हुँदो रैछ
आयौ तिमी यो दिलमा सुस्तरी सुस्तरी
फसेँ म त पिरतीमा सुस्तरी सुस्तरी
डम्बर बिकेल