कविता

तिमी बटुवा बन्दै हिँड्दै हिँड्दै आऊप्रिय
म बाटो बनी पर्खिरहनेछ ।
तिमी पानी बनी बग्दै बग्दै आऊप्रिय
म खोला बनी पर्खिरहनेछु ।
तिमी चरी बनी उड्दै उड्दै आऊप्रिय
म आकास बनी पर्खिरहनेछु ।
तिमी घाइते बनी छटपटिँदै आऊप्रिय
म मलम बनी पर्खिरहनेछु ।
तिमी हावा बनी वहदै वहदै आऊप्रिय
मश्वास फेर्न पर्खिरहनेछु ।
तिमीयात्री बनी नदी तर्न आऊप्रिय
म डुङ्गा बनी पर्खिरहनेछु ।
तिमी तेसै तेसै भौतारिँदै आऊप्रिय
म अँगालो बनी पर्खिरहनेछु ।
तिमी प्यासी बनी तिर्खाउँदै आऊप्रिय
म पोखरी बनी पर्खिरहनेछु ।
तिमी भिक्षु बनी भेष बदल्दै आऊप्रिय
म भिक्षादाता बनी पर्खिरहनेछु ।
तिमी फूल बनी फुलिरहौ प्रिय
म भमरा बनी चुम्न आउनेछु ।
तिमी सुगन्धित फूल बनी आऊप्रिय
म फूललाई मनमा सजाउनेछु ।
तिमी मायाको भोकी बन्दै आऊप्रिय
ममायाको पोखरी बनी तृप्तिदिनेछु ।
तिमी प्रेमको प्यासी बनी आऊप्रिय
म तिम्रो प्यास मेटाउनेछु ।
त्यसैले आऊ प्रियआऊ
समाऊ मेरा हातहरू
गरौं सँगै प्रेमको यात्रा
मनाऔं हामी प्रेमको जात्रा
मारौ डुबुल्की प्रेमपोखरीमा
रमाऔं प्रेमका प्याला बनी ।
मोहनसिह साउद, धनगढी
[email protected]