• २०८२ आश्विन २३, बिहीबार

पूर्वकुलपति उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरू’ सार्वजनिक

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरू’ को लोकार्पण गरेका छन् । मकालु प्रकाशनद्वारा प्रकाशित सो पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले उप्रेती जस्तोसुकै परिस्थितिमा पनि देश र परिवर्तनप्रति निष्ठापूर्वक लागेका व्यक्ति भएकाले उनको कृति नयाँ पुस्तालाई जागरणका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

साहित्यकार उप्रेती आफ्नो पुख्यौली थलोका छिमेकी र राजनीतिक जीवनका जेल सहयात्रीसमेत भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशमा परिवर्तन र जनतालाई राम्रो हुनुपर्छ भनेर आफू कलेज छाडेर राजनीतिमा हिँडेको सुनाए । उक्त पुस्तकबारे प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, पूर्वसदस्यसचिव प्रा। जगतप्रसाद उपाध्याय, नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्मालगायतले समीक्षा गरेका थिए ।