समाचार

काठमाडौँ ।
प्रगतिशील लेखक सङ्घ नेपाल, मोरङ शाखाको एघारौं जिल्ला अधिवेशनमा निबन्धकार दुर्गा खरेल ‘दीपज्वाला’ को निबन्धसङ्ग्रह ‘विश्वमानव’ को लोकार्पण भएको छ । प्रगतिशील लेखक संघ, कोशी प्रदेशकी अध्यक्ष तीला लेकालीको प्रमुख आतिथ्यमा कृतिको लोकार्पण भएको हो । प्रमुख अतिथि लगायतबाट सामूहिक रूपमा लोकार्पित निबन्धसङ्ग्रह ‘विश्वमानव’ को साहित्यकार केशु विरहीले समीक्षात्मक टिप्पणी गरेका थिए । चर्चित कवि रूद्र सुवेदीको अनुसार सुन्दरहरैँचा नगरपालिकाको सुकुना बहुमुखी क्याम्पसमा भएको अधिवेशनले साहित्यकार यज्ञराज ‘सुसेली’ को अध्यक्षतामा पछि थप गर्ने गरी गठित तेह्र सदस्यीय समितिको गठन गरिएको छ ।
उक्त समितिको उपाध्यक्षमा देवेन्द्र पौडेल (उर्लाबारी), सचिवमा नानुमैया दाहाल (विराटनगर), सहसचिवमा भवानीप्रसाद पोखरेल (विराटनगर), कोषाध्यक्षमा शैलेन घिमिरे ‘शैलेन्द्र’ (विराटनगर) र सदस्यहरूमा सञ्जीव तिम्सिना (उर्लाबारी), भीम कोइराला (बुढीगङ्गा), उमा गुरागाई (सुन्दरहरैँचा), यज्ञ परिश्रमी (उर्लाबारी), शारदा दाहाल भण्डारी (बेलबारी), अञ्जली कठायत (बेलबारी), दुर्गा खरेल (सुन्दरहरैँचा) र शान्ता कर्ण (विराटनगर) रहेका छन् ।
प्रगतिशील लेखक संघ, कोशी प्रदेशकी अध्यक्ष तीला लेकालीको प्रमुख आतिथ्यमा भएको उक्त अधिवेशनमा प्रलेस मोरङका संस्थापक अध्यक्ष एकराज भट्टराई, पूर्व अध्यक्षहरू (मोहन काफ्ले, भानु भण्डारी, वरिष्ठ साहित्यकारहरू हर्कमान तामाङ, मेदिनीप्रसाद बराल, प्राडा हरिहर भण्डारी, मधु पोखरेल, गोपाल निर्भिक, राजेन्द्र सर्वहारा, ओम श्रमिक, शिवनारायण पण्डित सिङ्गल, कविता केसरी, राम खरेल, विमला पोख्रेल, खगिन्द्र खुसी, रमेश निरौला र दिप मङ्ग्राती लगायतको आतिथ्य रहेको थियो ।
अधिवेशनमा प्रमुख अतिथि प्रगतिशील लेखक संघ, कोशी प्रदेशकी अध्यक्ष तीला लेकालीले प्रगतिशील लेखक संघमा आवद्ध लेखकहरूको रचना माक्र्सवादी सौन्दर्य चिन्तनसँग जोडिएको लेखन भएको उल्लेख गर्दै यस संघमा आवद्ध लेखकहरूको कलमले समाजको अग्रगामी रूपान्तरणमा ठोस भूमिका निर्वाह गर्न सक्नुपर्ने बताइन् । उनले एकता नै बल भएकाले सबैजना मिलेर एकताबद्ध रूपमा अगाडि बढ्नुपर्नेमा पनि जोड दिइन् ।
त्यसैगरी निर्वाचन मण्डलका प्रमुख वरिष्ठ साहित्कार नेपालका वामपन्थी दलहरू कहिले मिल्ने त कहिले एक अर्कालाई शत्रुतापूर्ण व्यवहार गर्दै आइरहे पनि प्रलेसले नेपाली प्रगतिवादी लेखकहरूलाई सधैँ एकै ठाउँ उभ्याएको गर्विलो इतिहासको स्मरण गराउँदै आगामी दिनमा यसको भूमिकाअझ दर्बिलो र प्रभावकारी बनाउने जिम्मेवारी नयाँ समितिको काँधमा आएको उल्लेख गर्दै नवनिर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै अधिवेशनका सहभागीहरूले क्यान्सरको चौथो चरणको आक्रमणसँग सङ्घर्षरत झापाका प्रगतिशील लेखक ज्ञानु बुढाथोकीलाई सहयोग र्पुयाउन उनको ‘याङरुप’ उपन्यास खरिएको थियो । अधिवेशनको खुला सत्रको अध्यक्षता निवर्तमान अध्यक्ष विदुर सुवेदी र सञ्चालन सचिव धनजित पराजुलीले गरेका थिए भने बन्दसत्रको सञ्चालन जेबी थुलुङ र मायामितु न्यौपानेले गरेका थिए ।