• २०८२ पुष २, बुधबार

लेस फियर मोर ह्यापिनेस’ को अनुवाद ‘थोरै डर धेरै खुसी’ पुस्तक सार्वजनिक

काठमाडौं ।

चाबहिलस्थित सगरमाथा एजुकेसनल एकेडेमीमा हङेरियन लेखक ओलिभर शिफ्लिशद्वारा लिखित ‘लेस फियर मोर ह्यापिनेस’ को नेपाली अनुवाद ‘थोरै डर धेरै खुसी’ पुस्तकको विमोचन भएको छ । यस पुस्तकको अनुवाद भोजकुमार धमलाले गरेका हुन् । उनी साहित्य समालोचक तथा कवि पनि हुन्। धमलाले अंग्रेजी कविता सङ्ग्रह ‘सेल्फिस सिटी’ प्रकाशन गरेका छन् ।

नारायणप्रसाद सापकोटा, अनुवादक भोज कुमार धमला, सम्पादक अनुप खड्का र पुस्तकका लेखक ओलिभर शिफ्लिशले पुस्तकको बारेमा प्रकाश पारेका थिए । अनुवाद आफैंमा जटिल विषय भएता पनि यस पुस्तक अनुवादका क्रममा सकेसम्म पुस्तकको मूल आशयलाई जस्ताको तस्तै उतार्न खोजेको कुरा अनुवादक धमलाले बताए ।

विमोचन कार्यक्रममा विद्यालयका छात्रछात्रा, शिक्षक एवं विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो । लेखक ओलिभर शिफ्लिशले विद्यालयको पुस्तकालयको लागि ५ थान पुस्तक पनि प्रदान गरेका थिए ।