जेठ २९, काठमाडौँ, लघुकथा समाजको आयोजनामा १० लघुकथाकारहरूका १० लघुकथा कृतिहरूको सामुहिक लोकार्पण गरिएको ।
विमोचित लघुकथाहरूमा रञ्जुजी पराजुलीको ‘जिउँदो सतीप्रथा’, विश्वराज अधिकारीको ‘पीरको आवाज’, कुमुद शर्मा प्याकुरेलको ‘छप्पन भोग’, ललिता दोषीको ‘महान् कविज्यू’, मनीष शर्मा समितको ‘हराएको शहर’, किशन पौडेलको ‘खुसी’, म्यामराज राईको ‘हाम्रो बाटो’, खेमराज पोखरेल (सं) को ‘संयोग’, खेमराज पोखरेलको ‘श्रीवल्ली’ र गायत्रीकुमार चापागाईंको ‘गाईजात्रा’ रहेका छन् ।
अशेष मल्लको विशेष अतिथ्यको उक्त कार्यक्रममा लघुकथाकार खेमराज पोखरेलले स्वागत मन्तव्य राख्नु भयो ।
क्रमशः पुष्करराज भट्ट, गोपाल अश्क, हेमचन्द्र नेपाल र कुमारप्रसाद कोइरालाले लोकार्पित कृतिहरूको फरक फरक कृतिहरूको समीक्षात्मक टिप्पणी गर्नुभयो ।
कार्यक्रममा देविका तिमिल्सिना, पवन आलोक, नरेन्द्रराज पौडेल, महेश प्रसाईं, लव गाउँले, गोविन्दगिरी प्रेरणा, प्रमोद प्रधान, ध्रुव मधिकर्मी, दिव्य गिरी, बाह्रखरी डट कमका राजेश खनाल, राधेश्याम लेकाली, रामप्रसाद पन्त, युवराज मैनाली, इन्द्र कुमार श्रेष्ठ सरित, विमल भौकाजी, प्रकाश घायल, हिरण्य कुमारी पाठक, गङ्गा कर्माचार्य, निशा केसी, मन्दिरा मधुश्री लगायत उल्लेख्य सङ्ख्यामा अन्य साहित्यकार तथा साहित्य प्रेमीहरूको उपस्थिति रहेको थियो ।
साहित्यिक पत्रकार तुलसीहरि कोइरालाले सञ्चालन गर्नुभएको कार्यक्रमको सभापतित्व लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले गर्नुभएको थियो ।