• २०८० फागुन २१ सोमबार

पुस्कार तथा सम्मानअर्पण कार्यक्रम सम्पन्न

काठमाडौँँ, विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले ०७८ साल चैत्र २१ गतेका दिन विशेष समारोह बीच घट्टेकुलो विकास समाजको भवन, घट्टेकुलो काठमाडौंमा श्रष्टा सम्मान एवम सृजनावाचन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । संस्थाले वरिष्ठ साहित्यकार एवम समालोचक दधिराज सुबेदीलाई ‘ऋषि बरालको स्मृतिमा निर्मला बरालद्वारा स्थापित रू १११११ राशी सहितको विश्व नेपालीवाङ्मय पुरस्कार एवम सम्मान अर्पण गरेको छ । त्यसै गरि लेखक संपादक प्रा. डा. फणीन्द्रराज निरौलालाई विश्व नेपाली शिक्षा साहित्य सम्मान- २०७८ अर्पण गरेको छ । रङ्गकर्मी एवम साहित्यकार भरत गुरागाईलाई विश्व नेपाली कलासम्मान- २०७८ अर्पण गरेको छ । संघर्षशील आदर्श महिला दिलमाया श्रेष्ठलाई विश्व नेपाली जेष्ठ नागरिक सम्मान- २०७८ अर्पण गरेको छ भने साहित्यकार रेणु अधिकारी “मौनता’’ लाई विश्व नेपाली साहित्य समाज सेवा सम्मान-२०७८ अर्पण गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभु घिमिरेको प्रमुख आथित्य एवम संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको सभापतित्वमा सन्चालित उक्त कार्यक्रम पूर्वान्ह ८.०० बजे देखि १२ बजे सम्म निरन्तर चलेको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम वरिष्ठ साहित्यकार विष्णुविभु घिमिरेले नेपालीहरू संसारको जुनसुकै कुनामा पुगेपनि आफ्नो माटोको सुगन्ध हृदयमा पस्केर आफ्नो भाषा अनि संस्कृतिमा रमाइरहेका हुन्छन्, विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान यहि सेरोफेरोमा जग्मगाई रहेको र सहित्यमा विविध रचनात्मक कार्य गरेकोमा आफूलाई हर्ष लागेको कुरा व्यक्त गरेका थिए । घिमिरेले श्रष्टा सम्मान एवम छ्नौट प्रक्रिया र काव्य सृजनावाचनको पनि मुक्त कण्ठले प्रशंसा गरे ।