• २०८१ फागुन ६ मङ्गलबार

चेतन पथ माधवका चार मुक्तक

 चेतन पथ माधव

चेतन पथ माधव

भुइँमान्छेहरूको आवश्यकतासँगै काँधको भार बदलिन्छ
अवस्था र परिस्थितिसँगै हाम्रो जीवनको सार बदलिन्छ
कृपया, के-कति खायौ रु भनेर अर्कोपल्ट नसोध्नु होला
कसौंडीको आकारसँगै हाम्रो पेटको आकार बदलिन्छ ।

हल्लिरहने पत्करका कुराहरूको कुनै भर हुँदैन
ऐँठन दिन्छ पर्खाइले ढुङ्गाहरूको कुनै भर हुँदैन
छोएकै भरमा मान्छे भक्लल्क ढाल्दिन सक्छन्
विषालु मौसममा यी हावाहरूको कुनै भर हुँदैन ।

सोच्थेँ, रित्तो छु, छैन केही खास कुरा मभित्र
एक तिम्रो खुसी, रहेछ हजारौं पीडा मभित्र
फूल देख्यो कि स्वयम् हात अघि बढिहाल्छन्
अझैँ बाँकी रहेछ काडाँसँगको मित्रता मभित्र ।

कथा सकियो अब मञ्चको भूमिका सकियो
धागो काट्यो, ऊ१ उड्दै गरेको चङ्गा सकियो
न कुनै गन्तब्य रह्यो, न कुनै गोरेटो बाँकी छ
ए यात्री ! यात्रामा मेरो आवश्यकता सकियो ।


चेतन पथ माधव