हिन्दी कविता

काठमाडौँ ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) राजु अर्यालको शब्दमा ए मायालु गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सुगम पोखरेलको स्वर रहेको छ भने महानिरीक्षक अर्यालको शब्द, सशस्त्र प्रहरीका डिएसपी सुरेश गैरेको संगीत रहेको छ । यस गीतको भिडियोमा दिपेन्द्र तिमिल्सिनाको निर्देशन, अजय रेग्मीको छायांकन, टार्जन लिम्बुको ड्रोन, मनोज कार्कीको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका कार्की, जिवन कुमार ज्ञवाली, शिब शरण न्यौपाने, शिवराम भट्ट आदीको अभिनय रहेको छ । नायिका प्रियकां कार्की र आकाश श्रेष्ठलगायतको अभिनय रहेको उक्त भिडियोको एरेन्ज भने उदयराज पौडेलले गरेका छन् । दिपेन्द्र तिमल्सिनाको निर्देशनमा बनेको उक्त भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।