• २०८२ आश्विन २२, बुधबार

होमनाथ सुवेदीलाई अभिनन्दन, पूनम काफ्लेलाई लोकप्रिया पुरस्कार र तीन निबन्धकारहरू पुरस्कृत

काठमाडौं ।

साहित्यिक पत्रकार संघ (Literary Journalist Association) ले तपस होटलम ‘आरुस(टाइगर प्रथम अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता (२०८१) को पुरस्कार अर्पण तथा अनेसासका संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार होमनाथ सुवेदीको अभिनन्दन र साहित्यकार पूनम काफ्लेलाई लोकप्रिया पुरस्कार प्रदान र्गयो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वरिष्ठ साहित्यकार होमनाथ सुवेदीलाई अध्यक्ष लेकाली, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, हेम सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक, समाजसेवी शोभित उप्रेती, सापस पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरू पद्मावती सिंह, हिरण्यकुमारी पाठक, प्रदीप बमजन लगायतले अभिनन्दन गर्नुभएको थियो । सोही कार्यक्रममा लोकप्रिया पुरस्कारबाट वरिष्ठ साहित्यकार पूनम काफ्ले (अमेरिका) सम्मानित हुनु भयो ।

यसैगरी ‘आरुस – टाइगर प्रथम अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगितामा प्रथम हुनु भएका दिपन अधिकारीलाई नगद ३००००/- सहित सम्मान गरियो । दिपनको ‘म नेपाली, मेरो नेपालू निबन्ध प्रथम भएको हो । यसैगरी दोस्रो हुनुभएका विपिन ढकाल नगद २००००/-सहित सम्मानित हुनुभयो । ढकालको आँखाअघि देशको चित्र निबन्ध दोस्रो भएको हो । नीराजन ढकाल नगद १००००/-सहित तेस्रो हुनु भयो । नीराजनको ‘एक अँजुली माया देशको लागि’ निबन्ध तेस्रो भएको हो । यसैगरी निबन्धकारहरू सुनिता अधिकारी देशप्रेम: कर्म, चेतना र उत्तरदायित्व), प्रकाश नेपाली (देशप्रेम), खिना सारु (राष्ट्रको समृद्धि शब्दमा होइन कर्ममा) र सुशील पौडेल (आहा ! मेरो देश नेपाल) लाई उत्कृष्ट सात निबन्धका लागि नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एवं अभिनन्दित होमनाथ सुवेदी, अध्यक्ष लेकाली, हेम पाठक, पुरस्कारदाता सपना राउत, वरिष्ठ समालोचकहरू प्रमोद प्रधान, प्राडा गोविन्दमान सिंह कार्की र डा. शान्तिमाया गिरी, निबन्धकार दिपन अधिकारी, आरुस बस्याल लगायतले आआफ्नो मतव्य राख्नुभएको थियो ।अभिनन्दित व्यक्तित्व होमनाथ सुवेदीले आफूले पाएको सम्मान डायस्पोरामा बसेर लेख्नुहुने सबैको भएको बताउनुभयो । निबन्ध चयन समितिका संयोजक प्रमोद प्रधानले नयाँ पुस्ताका लेखकहरूमा देशप्रेम भनेको भावना मात्र होइन, कर्म हो भन्ने बुझाइ महत्त्वपूर्ण भएको बताउनुभयो ।

कार्यक्रममा शाही बस्याल, टाइगर बस्याल, किरण काफ्ले, पवन आलोक, डा। दामोदर पुडासैनी, विमल भौकाजी, ज्ञानेन्द्र कार्की, प्रद्युम्न जोशी, श्रीबाबु कार्की, शंकर भारती, प्रविन थपलिया, किशोर विश्वकर्मा, ठाकुर बेलबासे, राजन न्यौपाने, जीवन श्रेष्ठ, सानुराजा अन्जान, रमेश दाहाल, सविता ढुंगाना, उषा के। सी।, टिकाराम उप्रेती, लुमन्ती चित्रकार, राजेन्द्र उप्रेती, सुन्दर खड्का, कमला रिसाल, खेम उप्रेती, संजय स्याङ्बो, ज्ञानबहादुर कार्की, जीवन लामा, शारदा बस्याल बेलबासे, लक्ष्मी आचार्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालनको संचालन कवि मुरारी सिग्देलले गर्नु भएको थियो ।