कविता

काठमाडौँ
नूर(गङ्गा प्रतिभा पुरस्कार गुठीको साधारणसभाले नेपाली बालसाहित्य र लोकगीत गायनका क्षेत्रमा योगदान गर्ने पाँच प्रतिभालाई २०८० सालका विभिन्न पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको छ ।
गुठी प्रबन्ध समितिका अध्यक्ष प्रा.डा गोविन्द नेपालको अध्यक्षतामा बसेको सभाले नेपाली बालसाहित्यका क्षेत्रमा योगदान गर्ने रामबाबु सुवेदी (कास्की) र रामकुमार पाँडे (काठमाडौँ) लाई नूर-गङ्गा राष्ट्रिय बालसाहित्य पुरस्कार (जनही पचास हजार रुपैयाँसहित) समर्पण गर्ने निर्णय गरेको छ । यसै गरी गुठीले नूर-गङ्गा क्षेत्रीय स्थापित लोकगायन पुरस्कार रूपन्देहीका डिल्लीनारायण पाण्डे (तीस हजार रूपैयाँसहित), नूर-गङ्गा राष्ट्रिय नवप्रतिभा लोकगायन पुरस्कार म्याग्दीका प्रकाश दुतराज (पच्चीस हजार रूपैयाँसहित) र नूर-गङ्गा क्षेत्रीय नवप्रतिभा साहित्य पुरस्कार रूपन्देहीका सागर पौडेल (बीस हजार रूपैयाँसहित) लाई समर्पण गर्ने निर्णय गरेको छ ।
बालसाहित्य, लोकगीत गायन र साहित्य उपसमितिबाट सिफारिस गरिएका प्रतिभालाई गुठीको साधारणसभाले पुरस्कारका लागि चयन गरेको थियो । यी पुरस्कारहरू चैत्र महिनामा काठमाडौँमा एक समारोहको आयोजना गरी समर्पण गरिने गुठीले जनाएको छ ।