• २०८२ आश्विन २९, बुधबार

रेखा–पवन स्रष्टा सम्मानद्धारा गीतकार कालीप्रसाद रिजाल सम्मानित

काठमाडौं ।

रेखा–पवन स्रष्टा सम्मान बरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई समर्पण गरिएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा राजधानीमा आयोजित एक कार्यक्रममा रिजाल सम्मानित भएका हुन् । नगद १ लाख एक सय एघार राशी सहित, प्रमाणपत्र र खादा माला सहितको उक्त सम्मान बरिष्ठ साहित्यिक पत्रकार, साहित्यकारद्धय र रोचक घिमिरे, नगेन्द्रराज शर्मा, समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’, पुरस्कारका संस्थापक मध्येका रीता कंडेल बस्नेत लगायतले समर्पण गरे ।