धेरै वर्षको परदेश बसाइ
त्यहाँ गरेका दुःखहरूको भोगाइ लिएर
जब तिमी लामो यात्रापछि फर्किन्छौ
र आफ्नो कोठा, घर, जग्गा, टापु वा
देशको माझमा उभिन्छौ अनि,
सम्झिन्छौ यहाँसम्मको यात्रा कसरी तय गर्यौ
तर पनि भन्छौ यो सबै मेरो हो ।
यही त्यो क्षण हो –
जब रुखहरूले आफ्ना हाँगा तिमीभन्दा पर सार्छन्
चराहरू आफ्नो भाषा फिर्ता लिन्छन्
पहाडहरू चर्किएर टुक्रिन्छन्
र हावा तिमीलाई नछोई फर्किन्छ
तिमीलाई सास फेर्न पनि गाह्रो हुन्छ ।
यिनीहरू सबै आपसमा कानेखुसी गर्छन्–
छैन, तिम्रो यहाँ केही पनि छैन
तिमी त फगत एउटा यात्री मात्र थियौ
जो पटक–पटक पहाड उक्लेर
आफ्नो झन्डा गाडेर दाबी गथ्र्यौ
कि यी सबै मेरा हुन्, मैले नै खोजेको हुँ ।
सत्य त यो हो
कि सधैँ तिमीले सोचेको भन्दा विपरीत छ ।
अनुवाद: राजेन्द्र शलभ