• २०८१ श्रावाण ९ बुधबार

भीडमा एउटा कविता

कृष्णनील कार्की

कृष्णनील कार्की

मनभित्र उर्लिरहेका भावनाका अभिव्यक्ति
कविता फुरेको सकारात्मक सङ्केत

बग्दो भेल अनियन्त्रित गतिमा
अघि बढ्छ सिर्जनाको बिन्दुतिर
एक्कासि घनघोर बादलमा ठोकिएर
तितर बितर हुन्छ एउटा आशा

जोड्ने प्रयासमा फेरि तल्नीन हुँदा
जोडिँदैनन् अघिझैँ
छरपस्ट भावनाहरू

पर्खि बसेको छ एउटा भीड
सपनाहरूको मूल्याङ्कन गर्न
ईष्र्याको भारी बोकेर

बदलिँदो समयमा हातहरू देखिएलान् काँधमा
तर, यतिबेला भावनाहरू खोज्दैछन् समाधि ।


कृष्णनील कार्की, असम (भारत)
[email protected]