• २०८२ आश्विन २८, मंगलवार

गीत

डम्बर बिकेल

डम्बर बिकेल

चोखो माया गरिदिन्छु सिउँदो तिम्रो भरिदिन्छु
धोका दियौ भने तिमीले आत्महत्या गरिदिन्छु ।

तिमीतिरै नजर छ आफ्नै बनाउने रहर छ
सत्य सत्य धरोधर्म तिमी मेरै भन्ने ठहर छ
तिम्रै छेउ सरिदिन्छु सिउँदो तिम्रो भरिदिन्छु
धोका दियौ भने तिमीले आत्महत्या गरिदिन्छु ।

तिमीलाई वचन भो सँगै जिउने कसम भो
सत्य सत्य धरोधर्म यो ज्यान तिम्रै खसम भो
तिम्रै भर परिदिन्छु सिउँदो तिम्रो भरिदिन्छु
धोका दियौ भने तिमीले आत्महत्या गरिदिन्छु ।


डम्बर बिकेल