समाचार

अमेरिका ।
रिभरसाईड रोड – हुक्सेट टाउन अफ एन एचमा, अनेसास न्यूह्यामसायरले फेब्रुअरी १५, २०२५ मा एक भव्य समारोहका बीच विद्याकी देवी सरस्वती माताको पूजा, अर्चना र बाल प्रतिभा प्रदर्शन कार्यक्रम आयोजना गर्यो ।च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको सभापतित्वमा तारा देवी न्यौपानेबाट मन्त्रोचारणसंगै सुरू भएको सरस्वती पूजापाठको कार्यक्रममा प्रमुख अतिथिको रूपमा अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष, वरिष्ठ साहित्यकार लालगोपाल सुवेदीलाई आमन्त्रण गरिएको थियो । प्रमुख अतिथि, विशेष अतिथि, उपस्थित सम्पूर्ण अभिभावक र बाल बालबालिकाहरू समेत सबैले क्रमश पालैपालो सरस्वती माताको फोटोमा पूजा आरधना गरेका थिए ।च्याप्टर अध्यक्ष एवम् चर्चित गायक हरिमाया अधिकारी खतिवडाले सरस्वती बन्दना गायनद्वारा माहोल संगीतमय बनाइन् । उनकै अगुवाईमा नेपाली र अंग्रेजी राष्ट्रिय गीतहरू समूहगत रूपमा गाइयो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै कवि लालगोपाल सुवेदीले अनेसास न्युह्याम्शर च्याप्टरले नेपाली संस्कृति, कला र साहित्यलाई दोस्रो पुस्तामा हस्तान्तरण गर्नमा अग्रणी र उदाहरणीय नमुना प्रस्तुत गर्दै आएको तथ्यबारे प्रकाश पारे । केन्द्रकी निवर्तमान महासचिव विमला निरौलाले बाल बालबालिकाहरूबाट नै बाल-कार्यक्रम संचालन गरिएमा उनीहरूको आत्मविश्वास बढ्ने तर्क प्रस्तुत गरिन् । च्याप्टर कोषाध्यक्षद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा साहित्यकार महेश्वर पन्तले नेपाली भाषाको पुस्तान्तरण र सुनिता दहालले सकारात्मक जीवनशैली बारे आ-आफ्नो धारणा व्यक्त गरे ।
अनु शाहले आफ्नै जीवन भोगाइलाई विषय बनाइएको कविता प्रस्तुत गरिन् भने न्युयोर्कबाट आई सहभागिता जनाएकी विजया सिंखडाले आफूले आफैलाई चिन्न सक्नु नै सुखी र खुसी भई जीवनलाई सार्थक बनाउनुको मूल सूत्र हो भन्ने गहन भावयुक्त कविता प्रस्तुत गरिन् । स्मरणीय छ स्थानीय अंग्रेजी भाषी मैथ्यु थमस, प्रदीप कार्की, सुवास श्रेष्ठ , काजीरत्न महर्जन, विनोद कार्की, डा. पुष्पमान जोशी, मोहन-विमला निरौला दम्पति, राम श्रेष्ठ, घनश्याम शर्मा दहाल, रविन थापा,राम श्रेष्ठ, प्रयूष रायमाझी, प्रतीक भट्ट, मारिया अग्लिबोट, प्रकाश रायमाझी, उषा रायमाझी, शारदामाया भट्ट, हरिमाया अधिकारी, कमल ढुंगाना, मैया ढुंगाना, अंशु श्रेष्ठ, शिवकुमार राई, गायक तथा संगीतकार अग्नि पराजुलीहरू उक्त कार्यक्रमका लागि सहयोगी हातहरू हुन् । कसैले नगद, कसैले खाना, कसैले प्राविधिक, कसैले व्यवस्थापन लगायतका क्षेत्रमा हात र साथ दिएकोमा सुरुदेखि अन्त्यसम्म खटेर कार्यक्रम संचालन गरिरहेका प्रधान सम्पादक ईश्वरी भट्टले विशेष आभार तथा धन्यवाद व्यक्त गरे ।
यस पटकको कार्यक्रम अलि भिन्नरूपले संचालन गरियो । आफूमा अन्तर्निहित जुनसुकै प्रतिभा प्रस्तुत गर्न पाइने स्वतन्त्रता बालबालिकालाई प्रदान गरियो । यसै अनुरूप तिन वर्षदेखि १६ वर्षसम्मका दुई दर्जन बालबालिकाले कसैले नृत्य, कसैले समूह नृत्य, कसैले गायन, कसैले चित्रकला आदि प्रस्तुत गरे । पहिले सही उत्तर दिनेलाई उपहार दिने प्रक्रिया अनुरूप हाजिरी जवाफ संचालन गरियो । बालबालिका सँधै उत्साहित भइरहून् भन्ने उद्देश्यले सबै सहभागी बालबालिकालाई नगद पुरस्कार, आकर्षक प्रमाणपत्र र खादाले सम्मान गरियो । सम्मानित हुने सहभागी बालबालिका यस प्रकार छन् ।
१. संजालिका राई – नृत्य
२. रिदुम राई – नृत्य
३. हिमानी भट्टराई – नृत्य
४. कुशुम अक्याल – नृत्य
५. अर्भिन बैध्य – समुह नृत्य
६. आइरिष पुन – समुह नृत्य
७. सर्निक ढुंगाना – समुह नृत्य
८. संभि भट्टराई – नृत्य
९. सुशान भट्टराई – नृत्य
१०. सोहाम भट्टराई – नृत्य
११. इशान किरात राई – प्रवचन
१२. श्रीषा तिमिल्सिना – नृत्य
१३. प्राप्ति आचार्य – गायन र नृत्य
१४. प्रनभ आचार्य – गायन र नृत्य
१५. सावत न्यौपाने – चित्रकला
१६. इरिका गुरुङ – चित्रकला
१७. निकिता गुरुङ – चित्रकला
१८. कृषा गुरुङ – चित्रकला
१९. सारू गुरुङ – चित्रकला
२०. जेस्ना राना – चित्रकला
२१. अव्य संग्रौला – नृत्य
२२. पृन्सिया चापागाईं – नृत्य
२३. सानु ढुंगाना – नृत्य
२४. पृया आचार्य – नृत्य
अन्त्यमा समारोहमा हरेकको उपस्थिति, साथ र सहयोगका कारण नै समारोह भव्य र सभ्य हुन सकेको तथ्य उजागर गर्दै च्याप्टर अध्यक्ष तथा समारोहकी सभापति हरिमाया अधिकारीले सभा विसर्जन गरिन् ।