• २०८२ आश्विन २३, बिहीबार

‘प्रेमको आदिम गीत’ लोकार्पण

काठमाडौं ।

प्रणय दिवसको अवसर पारेर नयाँ कविताकृति ‘प्रेमको आदिम गीत’को लोकार्पण गरिएको छ । संग्रहभित्रका ११ कविहरू विश्व सिग्देल, भीष्म उप्रेती, रमी प्रिया, धीरकुमार श्रेष्ठ, चन्द्रबहादुर लामा, विधान आचार्य, सुमन थापा संगम, सञ्जय सुमन, टंक उप्रेती, दिलकुमारी डंगोल र ईश्वर थोकरले पुस्तक सार्वजनिक गरे ।

यस कविताकृतिमा ११ जना कविका ३३ वटा कविताहरू समावेश गरिएको छ । कृतिमा नेपाली र अंग्रेजी दुवै भाषामा कविता राखिएका छन् । नेपाली भाषामा लेखिएका यी कविताहरूलाई चन्द्रबहादुर लामाले अंग्रेजीमा अनुवाद गरेका हुन् । अकाल कुसुम, काभ्रेले प्रकाशित गरेको यो कवितासंग्रहमा प्रेमका कोमल भावनाहरू बगेको बताइएको छ ।

वर्तमान कविता समूहले आयोजना गरेको कार्यक्रमको अर्को चरणमा प्रेम कविता वाचन गरियो । कविहरू रामगोपाल आशुतोष, किशोर पहाडी, स्नेह सायमी, रजनीमिला, लक्ष्मी माली, विणा नेमकुललगायतले कविता वाचन गरेका थिए ।