• २०८१ चैत ३ सोमबार

‘कर्णाली अन्तरराष्ट्रिय भिलेज फिल्म फेस्टिभल’ डोल्पामा हुँदै

काठमाडौँ,

डोल्पामा ‘कर्णाली अन्तरराष्ट्रिय भिलेज फिल्म फेस्टिभल’ हुने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो। भदौ २ गतेदेखि ५ गतेसम्म ‘गाउँ गाउँमा नेपाली सिनेमा, गाउँ गाउँमा पर्यटक’ भन्ने नारासहित कर्णाली प्रदेशको डोल्पा जिल्लामा चलचित्र महोत्सव आयोजना गर्न लागिएको बताइएको छ ।

फिल्म फेस्टिभलले नेपाली चलचित्र पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास लिइएको छ। कार्यक्रममा उपस्थित वक्ताहरूले कर्णाली प्रदेशको प्राकृतिक सौन्दर्यलाई विश्वमाझ पुरयाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

यस्ता कार्यक्रमले कर्णाली प्रदेशका आम नागरिकको जीवनमा पनि आर्थिक उपार्जनका लागि माध्यम बन्ने बताए। उनीहरूले कर्णाली प्रदेश चलचित्र छायांकनका लागि सही र महत्त्वपूर्ण गन्तव्य रहेको भन्दै प्रचारप्रसारको कमी भएको बताए ।