कुनै पनि राष्ट्रको कालो बाकस हो कवि
उसैको आवाजमा ब्यूँझन सक्छ मानिस
उसैले छाम्नसक्छ संवेदना र भावनाहरूलाई
आफ्नो हृदयको अथाह गहिराइबाट
उसैलेउद्देश्य र पराजयलाई केलाउन सक्छ
दुर्घटनाग्रस्त जहाजको कालो बाकसमुनि
हुँदैन दुर्घटनाको कारणको खोजी
ज्वरो नाप्ने थर्मामिटर हो राष्ट्रको
यसको ज्वरांशलाई सही निक्र्योल गर्ने
पीडित व्यक्तिको वकपत्र हो
प्रत्येक कविको आवाज हराएको छ अहिले
त्यसलाई खोज्नु नै देशको सफलता र
अन्यौललाई बझ्नु हो
राष्ट्र !
जहाजको कालो बाकस हराएको छ
पहिले त्यो खोज ।
(साकार स्थापित साहित्यकार हुन् ।)
[email protected]