• २०८२ आश्विन ६, सोमबार

कथाकार हरिश कल्पितको कथाकृतिहरु ‘ग्याबृयले’ र ‘आस्था’को परिचर्चा कार्यक्रम सम्पन्न

काठमाडौं ।

साहित्यिक पत्रकार संघले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा कथाकार हरिश कल्पितको कथाकृतिहरु ‘ग्याबृयले’ र ‘आस्था’को परिचर्चा कार्यक्रम सप्पन्न र्गयो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा समालोचकहरु डा. अम्बिका अर्यालले आस्था कथाकृति र डा. शोभा ढुंगानाले ‘ग्याबृयले कथाकृतिको परिचर्चा गर्नु भयो ।

सोही कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ आख्यानकार पद्यावती सिंह र अध्यक्ष लेकालीले कथाकार हरिश कल्पितलाई सम्मान गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि सिंह र अध्यक्ष लेकालीले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । यसैगरी कार्यक्रममा कृतिकार हरिश कल्पितले आफ्नो सिर्जना यात्राबारे मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन साहित्यकार मन्जिला अनिलले गर्नु भएको थियो ।