आजभोली तिमीसंग हिँडेका बाटाहरू
म एक्लै हिँड्छु
लाग्छ् यतैकतै जम्काभेट हुन्छ् ।
लाग्न त लाग्छ् मनलाई
तिमी गएपनी तिमी फर्केर आउँछ्यौ भन्ने कुरा ।
मनलाई यो पनि थाहा छ
कल्पना र यथार्थको जीवन फरक हुन्छ्
तर पनि तिमी आउँछ्यौ कि झैँ लाग्छ् ।
हावाले ढोका ढकढकाउँदा
तिमी आयौं कि जस्तो लाग्छ्
कसैंको अपरिचित नम्बरबाट फोन आउँदा
तिमीले सम्झियौं कि झैँ जस्तो लाग्छ्
बिरामी पर्दा तिमीले औषधी खायौं भनेको याद आउँछ
दुःखमा केहि समय भएपनी सङ्गै रोएको याद आउँछ ।
सम्झनाम बाँच्न निकै कठिन हुँदोरहेछ
जो तिमी गएपछि मैँले महसुस गरेको छु ।
पहिले सङ्गै जाने चियापसल आजभोली एक्लै जान्छु
पहिले हामीलाई देखेर मुस्कुराउने दिदी
आजभोली खै किन हो
मलाई एक्लै देखेपछि मुस्कुराउदिनन् ।
तिमी गएपछि
मलाई तिम्रा साथीहरूले पनि
जिस्काउन छोडेका छन् अचेल
सायद उनीहरूले
तिम्रो नाम जोडेर जिस्काउने मान्छे नयाँ पाए कि,
सधैं ओहोरदोहोर गर्दा
बाटोको त्यहिँ ट्याटु पसल आउँछ
कुनैबेला तिमीले भनेकी थियौं
म पनि तिम्रो र मेरो नामको हातमा ट्याटु खोप्छु
खै किन हो त्यतिबेला मैँले हुँदैन भनेको थिएँ
सायद आजभोली तिमीले अर्कैको नाम जोडेर ट्याटु खोप्यौ कि,
तिमी गएपछि
म सधैं जस्तै आधारातसम्म अनलाईन बस्छु
म्यासेजरको घन्टी बज्दा तिमीले म्यासेज पठायौं की सोच्छु
तर तिम्रो म्यासेज हुँदैन
लाग्न त नरमाईलो लाग्छ्
तर पनि यस्तै रहेछ भनेर मन बुझाउँछु ।
तिम्रो पनि मेरो जस्तै मन भएको भए
तिमी यसरी जाने थिएनौं होला
गएपनी सञ्चो बिसञ्चो बुझ्थ्यौ होला
बेलाबखत बोथ्यौँ होला ।
तिमीले भनेकी थियौं कुनैदिन
मेरो बारेमा एउटा कविता लेख्नुन्
माफ गर्नु प्रियसी
संगैहुँदा कविता लेखेर तिमीलाई सुनाउन सकिन्
आज तिम्रो बारेमा कविता लेखेको छु
सुन्नलाई तिमी साथमा छैनौं ।
तर पनि
कतै पढयौ भने तिम्रो लागी लेखेको यो कविता
गलत शब्द प्रयोग गरेको भए माफ गर्दिनु
मन नदुखाउनु
आँसु नखसाउनु
अब त तिम्रो आँसु पुछने अधिकार म संग छैन ।
कृष्ण कञ्चन