• २०८२ आश्विन २२, बुधबार

‘जनकपुर साहित्य महोत्सव’ माघ २४ देखि

जनकपुरधाम ।

‘जनकपुर साहित्य महोत्सव’ २४ माघदेखि हुने भएको छ ।
नव मिथिला फाउन्डेसनले विगत पाँच वर्षदेखि निरन्तर रूपमा आयोजना गर्दै आएको साहित्य महोत्सव २४, २५ र २६ माघमा हुने भएको हो ।जनकपुरधामस्थित राम मन्दिरको पार्कमा आयोजना हुने महोत्सवमा साहित्य, संस्कृति र समाजको चेतनालाई प्रवद्र्धन गर्ने उद्देश्य रहेको फाउन्डेसनले जनाएको छ ।

यस वर्षको महोत्सवलाई थप व्यापक बनाउन १७ सत्रमा गहन बहस र संवाद राखिएको फाउन्डेसनका अध्यक्ष अमित साहले जानकारी दिए ।