काठमाडौं, नेपाली वाङ्मयको श्रीवृद्धिमा काम गर्दै आएको नइ प्रकाशनले शनिबार २५ जनालाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।
उक्त प्रकाशनले वि. सं २०७८ को ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’बाट प्राध्यापक मोहन सिटौलालाई प्रदान गरेको छ । उक्त पुरस्कारको राशि दुई लाख रहेको छ । समालोचक प्रा.डा वासुदेव त्रिपाठीले उहाँलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
यस्तै एक लाख राशिको ‘नइभावी पुरस्कार’ डा. भोला रिजाललाई प्रदान गरिएको छ । नइप्रकाशनले एक लाख राशिकै ‘नइ कीर्तिनिधि पुरस्कार’ भैरव रिसाललाई ‘नइ ईश्वर बराल पुरस्कार’ प्रा. डा. दयाराम श्रेष्ठलाई, ‘नइ भूपालदुर्गा पुरस्कार’कलाकार सन्तोष पन्तलाई, ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ प्रा. डा. सुरेशराज शर्मालाई, ‘नइभाजप पुरस्कार’ डा. रामदयाल राकेशलाई प्रदान गरेको छ ।
यस्तै प्रकाशनले एक लाख राशिकै ‘नइचन्द्रधन पुरस्कार’बाट प्रा. डा. माधव भट्टराई, ‘नइ कोइलीदेवी पुरस्कार’बाट प्रेमविनेद नन्दन, ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’बाट छविलाल उपाध्यायलाई सम्मान गरेको हो । प्रा. डा. विजया पन्तलाई नइ देरुनीखप्रदीप्ति, गङ्गा लिगललाई नइ रेखा, नारा जोशीलाई नइबुलु शर्मा, ठाकुर वेलबासेलाई नइ देरुनीखगौरव, भक्ति शाहलाई नइ रामलक्ष्मी, कृसा महर्जनलाई नइ देरुनीखपौरख, सम्पदा दुलाललाई नइ देरुनीखपू बाल बहुआयामिक, विभूति अधिकारीलाई नइ देरुनीखपू बाल साहित्य र रिकिस्ना डङ्गोललाई नइ देरुनीखपू बालचित्रकला पुरस्कार प्रदान गरिएको छ ।
यस्तै ‘नइ देरुनीखपू बाल सङ्गीत पुरस्कार’ सन्देश पौडेललाई, ‘नइ देरुनीखपू बाल नृत्य पुरस्कार’ राशु पन्तलाई, ‘नइ देरुनीखपू बाल खेलकुद पुरस्कार’ नयना शाक्यलाई, ‘नइ देरुनीखपू कोपिला नृत्य पुरस्कार’सिचु मानन्धरलाई, ‘नइ देरुनीखपू कोपिला नृत्य पुरस्कार’नासिका ठकुरीलाई र ‘नइ देरुनीखपू चिचिला पुरस्कार’ श्रीना महर्जनलाई प्रदान गरिएको छ ।
नेपाली वाङ्मयको श्रीवृद्धिका लागि नइप्रकाशनको स्थापना २०५२ साल माघ १५ गते भएको हो ।