• २०८१ पौष २९ सोमबार

जाऊ कोरोना

डम्बर विकेल

डम्बर विकेल

सम्झिन्छु, २०७२ वैशाख १२ गते
र्थिर्कएको जमिन, हल्लिएको धरती
घरहरू भत्किएका ढलेको धरहरा
धनको क्षति, धेरै जनको मृत्यु
बाँच्नेहरू पाएनौँ  घरभित्र बस्न
बाँच्नेहरू बाध्य भयौँ  घरबाहिर सुत्न
आयो भुकम्प, ल्यायो भुकम्प प्रकृतिले

भोग्दैछु, २०७७ वैशाख १२ गते
तर्सिएको संसार, डराएको मानव
लकडाउनमा देशहरू, हारेको विज्ञान
विश्वकै दुर्गति, मानवको मृत्यु
बाँच्नेहरू पाउँदैनौँ  घरबाहिर जान
बाँच्नेहरू बाध्य भयौँ  घरभित्र बस्न
आयो कोरोना, ल्यायो कोरोना प्रकृतिले

हे प्रकति,
बँच्नु छ, भुकम्पबाट घरबाहिर बसेर
हे प्रकृति,
बँच्नु छ,  कोरोनाबाट घरभित्र बसेर

त्यसैले,
भुकम्प कोरोनासँगै नआऊ
कोरोना भुकम्पसँगै नआऊ

हे प्रकृति,
नआऊ भुकम्प
जाऊ कोरोना


(डम्बर बिकेल युवा कवि हुन् ।)
[email protected]