नाइजेरियाको कविता

धनगढी ।
लामो समयदेखि लेखन क्षेत्रमा रहेका साहित्यकार कैलासकुमार पाण्डेयको कथासंग्रह ‘नयातल’को धनगढीमा विमोचन गरिएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजले एक कार्यक्रमको आयोजना गर्दै नयातलको विमोचन गरेको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कथासंग्रह नयातलको विमोचन गर्नुभएको छ । गीत, गजल, कवितामा कलम चलाउदै आएका पाण्डेयको नयातल सातौं कृति हो । नयातलमा २२ वटा कथा रहेका छन् । लैङ्गिक, जातीय, कु-प्रथा लगायतको विषयबस्तु समेटिएको नयातलमा पशु बलीदेखि मानव बलीसम्मका कथा समेत समेटिएको छ । आञ्चलिकता, विविधता,सामाजिक मुद्दाको उठान र समाधान पनि कथामा समेटिएको छ। सलल बगेको प्रवाहमा कथाहरू रहेका छन ।
तुलसी शर्माले समिक्षा गर्नुभएको कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मानित समेत गरिएको थियो । समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक कैलासकुमार पाण्डेले कृतिबारेमा आफ्ना धारण प्रस्तुत गर्नु भएको थियोे । त्यसै मदन पुरस्कार बिजेता रामलाल जोशी, प्रज्ञा बासुदेव पाण्डेय , यज्ञराज उपाध्याय ने का डडेल्धुराका सभापति भीमबहादुर साउद, सुदूरपश्चिम निति योजना आयोग सदस्य शेरबहादुर भण्डारीको उपस्थिति रहेको थियो। समाजका महासचिव गणेश नेपालीले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो भने स्वागत उपाध्यक्ष टोपेन्द्र शाहले गर्नुभएको थियो ।