• २०८० असोज ८ सोमबार

सम्बोधन

प्रज्वल अधिकारी

प्रज्वल अधिकारी

पानी नुहाउँछ छुँदा तिमीलाई ।।

तिमी कुन बास्नाबाट बनेकी हौ कुन्नी
अत्तरहरू यात्रामा निस्कँदा तिमीलाई सम्झन्छन्
हिउँले आफ्नी प्रेमीकाको रुपको वर्णन गर्न
तिमीलाई उपमा बनाउँछ
कपालले ढपक्कै ढाक्दा अनुहार तिमीले
अँध्यारो त्यति अँध्यारो नलाग्नु
तिमी हाँस्नु र उज्यालो झन बिस्तारित हुनु
तिमीलाई जन्माएर स्वयं प्रकृति नै रमाउनु

ओहो !
तिमीलाई आफू चैं कस्तो लाग्छ
जब ऐना अगाडि उभिन्छ्यौ ?
मलाई त तिमी औधी राम्री लाग्छ !


प्रज्वल अधिकारी


गज़ल

नदी किनारमा