• २०८१ माघ २७ आइतबार

तिम्रो रुप कसले कोर्यो

ध्रुब प्रसाद घिमिरे

ध्रुब प्रसाद घिमिरे

फूलहरूमा कलम चोपी तिम्रो रुप कसले कोर्यो,
हिमचुलीको रातो हिउं भन आज कसले चोर्यो
गुलावले सुगन्धलाई तिमीमाथि खन्याएछ
यती विघ्न राम्री तिम्लाई कसले पो बनाएछ ।

चाँदनीले रँग दिइ रे ताराहरु भन्न थाले
इष्र्यालु ती काला बादल डाहले नै मर्न थाले
हिमालले हिउँ फोरी तिम्रो आभा सजाएछ
यती विघ्न राम्री तिम्लाई कसले पो बनाएछ ।

ओठ तिम्रा मुस्कुराउँदा सर्माउँदै जून लुक्यो
बादलुको गर्भ भित्र ताराहरूको मूल सुक्यो
क्षितिजले गोधुलीलाई कसोगरी फकाएछ
यती विघ्न राम्री तिम्लाई कसले पो बनाएछ ।

फुलहरूमा कलम चोपी तिम्रो रुप कसले कोर्यो
हिमचुलीको रातो हिउं भन आज कसले चोर्योे ।
गुलावले सुगन्धलाई तिमीमाथि खन्याएछ
यती विघ्न राम्री तिम्लाई कसले पो बनाएछ ।


धु्रबप्रसाद घिमिरे ‘दीप’, भक्तपुर