वसन्तवेला

काठमाडौँ ।
‘हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा राजन श्रेष्ठको स्वर रहेको छ भने डम्बर विकलले लेखेका छन् । गीतलाई रिमेश कुमार थापाले संगीतबद्ध गरेका छन् । नेपमेलो र टौवा स्टुडिओको संयुक्त प्रस्तुतिमा निर्माण भएको यस गीतले प्रेम, संघर्ष र पहिचानका गहिरा भावनाहरूलाई समेटेको छ ।
गीतको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का र अभिनेत्री एलिसा शर्माले अभिनय गरेका छन् । शान थापाको लेखन र निर्देशनमा बनेको भिडियोले प्रेमकथामार्फत दर्शकलाई मनोरञ्जन दिने प्रयास गरेको छ । भिडियोमा पुष्प खड्काले प्रेमिकालाई नाच्दै फकाउने प्रयास गरेको दृश्य समेटिएको छ, जसले प्रेममा आकर्षण र उत्साह प्रस्तुत गर्दछ ।