• २०८१ माघ २७ आइतबार

विभिन्न कार्यक्रम गरि अनेसासको ३४ औ स्थापना दिवस मनाईयो

अनेसास नेपाल च्याप्टरले ३४ औं स्थापना दिवस तथा सम्मान समारोह नेपाल प्रज्ञाप्रतिष्ठान काठमाडौँमा सम्पन्न गरेको छ । च्याप्टरले साहित्य, कला, गायनमा विशिष्ट साधकहरूलाई सम्मान र पुरस्कार प्रदान गरेको छ। सम्मानित हुनेहरूमा कल्याणी रिमाल, डा. खगेन्द्र लुइँटेल, युवराज मैनाली, ठाकुर शर्मा भण्डारी, सन्ध्या पहाडी, बाल प्रतिभा श्रीयन्का बस्नेत, सम्पादक रमेश दाहाललाई नगद दोसल्ला सहित प्रमुख आमन्त्रित नेपाल ऋषि पूर्व उपकुलपति डा. जगमान गुरुङले समर्पण गर्नु भयो । स्वागत अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष निर्मल रमण पराजुली गरेका थिए ।

अनेसास केन्द्र र बिओटीबाट प्राप्त शुभकामना शुभकामना अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष मन्जिला अनिलले पढेर सुनाइन् । अनेसास पूर्व अध्यक्ष राधेश्याम लेकालीले अनेसासको विगत र वर्तमानमा भएको कार्यबारे विस्तृत रूपमा बोलेका थिए । पुरस्कार निर्णायक समितिका पूर्व सदस्य गोपी उप्रेती, तारा उप्रेती, सरिता अर्यालले शुभकामना दिएका थिए । कार्यक्रमको सभापति अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी रहेको उक्त कार्यक्रम सञ्चालन महासचिव रन्जना निरौलाले गरेकी थिइन् ।