• २०८१ माघ ९ बुधबार

चेतनपथ माधवका चार मुक्तक

चेतनपथ माधव

चेतनपथ माधव

संवाद कारोबारमा रोकियोस मिलन कारोबारमा रोकियो
फरक हुन सकेनौं हामी, चालचलन कारोबारमा रोकियो
प्रेम(जलपले टल्किएको थियोस थाहा थिएन प्वाल पर्छ
बाच्न हृदय टालेँस आखिर धड्कन कारोबारमा रोकियो ।

खुल्ला होस् हृदय लुकेको जसरी भेटघाट के गर्नु
फेरि परिचय गरौं, चिनेको जसरी भेटघाट के गर्नु
मिलन त हावा र पातको जस्तो उसै भएको राम्रो
बारम्बार, पानीपुरी बेचेको जसरी भेटघाट के गर्नु ?

धर्ती अलग हुँदा तिमी, तारा झर्दा तिमी देखियोस्
चन्द्रमा जस्तैस हरेक कुनामा सर्दा तिमी देखियोस्
प्रेमका खातिर यति सम्मको कामना गर्न पाइयो नि
बस्, मैले अन्तिम सास फेर्दै गर्दा तिमी देखियोस् ।

मनको बाँधले आँखामा आँसु भरियो झन्
खाटा बस्न सकेन, अन्य चोट थपियो झन्
यसै पनि भाग्यलाई चुनौती जो दिनु थियो
कथाले रुन भन्दै थियो तर हाँसियो झन् ।


चेतनपथ माधव