• २०८१ माघ ९ बुधबार

कवि चन्द्रप्रसाद न्यौपानेको ‘इतिहासमा सिन्धुपाल्चोक’प्रकाशित

सिन्धुपाल्चोक ।

जिल्लामा द्रुत कविको रुपमा चिनिएका बलेफी गाउँपालिका २ फुल्पिङकोट कल्लेरीका चन्द्रप्रसाद न्यौपानेले महत्वपूर्ण ग्रन्थ कृति इतिहासमा सिन्धुपाल्चोक बजारमा ल्याएका छन् । उनले वर्षौंको खोज तथा अनुसन्धानपछि सम्पूर्ण सिन्धुपाल्चोकका ऐतिहासिक र किर्तिमानी घटना, व्यक्तित्वलाई समेट्दै कृति प्रकाशन गरेका हुन् ।

सिन्धु साहित्यिक वाङ्मय प्रतिष्ठानका अध्यक्ष रमेशप्रसाद पौड्यालकाअनुसार साहित्य र लेखनमा चार दशक लामो अनुभव बटुलिसकेका कवि न्यौपानेको यो ४४ औं कृति हो । युवाकालदेखि साहित्य लेखन सुरु गरेका साहित्यकार न्यौपानेले २०४७ सालमा पहिलो कृति पालुवा खण्डकाव्य लेखेका थिए । त्यसयता उनले १२ महाकाव्य, १० खण्ड काव्य, खोज अनुसन्धानमा गनिएका ६ वटासहित ४४ वटा विभिन्न विधाका कृति प्रकाशनमा ल्याइसकेका छन् ।
न्यौपानेको चन्द्रयुग बृहत्तर महाकाव्यलाई नेपाली साहित्यमा नयाँ आयामको रुपमा मान्ने गरिन्छ । यो ग्रन्थ सिंगो सिन्धु कोष हो, यसमा विगत र वर्तमानका जिल्लाभरका सम्पूर्ण घटना राखिएका छन्, कवि न्यौपानेले भने ।

२०५२ सालमा ७० गाविस मध्ये फुल्पिङकोट एक परिचय लेखेका थिए । ०६० मा जिल्लाको साहित्य, पत्रकारिता र कलाकारिता विषयमा लेखेका थिए । यस पुस्तकमा सिन्धुपाल्चोकको भूगोल, राजनीति, शैक्षिक, साहित्यिक, खेलकुदका ऐतिहासिक घटनाका विषय समेटिएको छ । यो कृति जिल्लाको ऐतिहासिक र सांस्कृतिक दस्तावेज बन्ने अनुमान गरिएको छ ।