• २०८३ श्रावण १८, सोमबार

साहित्यकार शैलेन्द्र अधिकारीको ‘तेजस्’ लोकार्पित

काठमाडौं ।

साहित्यकार शैलेन्द्र अधिकारीको छैटौँ कृति ‘तेजस्’ लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा बौद्ध भिक्षु कोण्डन्य, पत्रकार साहित्यकार बसन्त बस्नेत, संस्कृतिकर्मी नानी हेरा शाक्य, राजनीतिकर्मी मिलन पाण्डे, कवि रूपक अलंकार र पुष्पराज पौडेलले संयुक्त रूपमा कृति लोकार्पण गरे ।

बौद्ध धर्म साथै काठमाडौं उपत्यकाको इतिहासका विषयमा केन्द्रित रहेर यो उपन्यास लेखिएको जनाइएको छ । कार्यक्रममा उपन्यासमाथि शाक्य, पाण्डे, बस्नेत, बौद्ध भिक्षु कोण्डन्य र अलंकारले आफ्ना धारणा राखेका थिए । उपन्यास ‘तेजस्’लाई शिखा बुक्सले प्रकाशन गरेको हो । अधिकारीका यसअघि निर्वेद, गजल रस, ब्रह्मास्त्र र अर्हत् कृति प्रकाशित छन् ।