• २०८१ फागुन ६ मङ्गलबार

महाकाव्यकार खेमराज निरौलाद्वारा लिखित महाकाव्य ‘क्रान्तिदूत’ लोकार्पण

पद्मकन्या क्याम्पसको डेनिस हलमा आयोजित एक कार्यक्रममा महाकाव्यकार खेमराज निरौलाद्वारा लिखित महाकाव्य ‘क्रान्तिदूत’ को लोकार्पण तथा परिचर्चा सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा सम्माननीय सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । साहित्य सन्ध्याको आयोजनामा भएको उक्त कार्यक्रमको सभापतित्व राम विनयले गर्नु भएको थियो भने संचालन रमेश पोखरेलले गर्नु भएको थियो ।

महाकाव्यको बारेमा प्रा. डा. रामप्रसाद ज्ञावली र प्रा. डा. हेमचन्द्र नेपालले विस्तृत चर्चा गर्नु भएको थियो । संस्थाका अध्यक्ष राम विनयले सभापतित्व गरेको उक्त कार्यक्रममा विशिष्ट अथितिको रुपमा पूर्व मन्त्री शान्ता मानवी, माननीय मेनका पोख्रेल, प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति गंगाप्रसाद उप्रेती र नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम महासमालोचक प्रा. डा. वासुदेव त्रिपाठी हुनुहुन्थ्यो । ५८६ पेजको उक्त महाकाव्य अनि महाकाव्यकारको बारेमा प्रा. डा. फणीन्द्रराज निरौला, प्रा. डा. हेमनाथ पौडेल लगायतले आफ्नो अभिमत राख्नु भएको थियो । महाकाव्यकार खेमराज निरौलाले महाकाव्य तयार गर्दा आफुले भोगेका कुराहरु सारगर्भित रुपमा प्रस्तुत गर्नु भएको थियो ।

क्रान्तिदूत महाकाव्य झन्डै ६०० पृष्ठको रहेको छ ।