• २०८१ श्रावाण ११ शुक्रबार

प्रा. डा.अर्जुनदेव भट्टका दुई पुस्तक सार्वजनिक

‘दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोष’को आयोजनामा प्रा. डा. अर्जुनदेव भट्टका ‘डाक्टरको द्विविधा’ र ‘मूत्र र जननेन्द्रिय प्रणाली रोग निदान तथा उपचार’ दुई कृतिको एकैसाथ सार्वजनिक गरिएको छ । काठमाडौंको धुम्बराहीमा आयोजित उक्त कार्यक्रममा, युरोलोजिष्ट डा. उत्तम शर्मा, साहित्यकारहरु कलानिधी दाहाल, डा. दामोदर पुडासैनी, हरिभक्त सिक्देल(महेश) लगायतले उक्त पुस्तक संयुक्त रुपमा लोकार्पण गरेका    थिए ।

डाक्टरको द्धिविधा पुस्तकमाथि चर्चागर्दै साहित्यकार कलानिधी दाहालले यस पुस्तकमा नेपाली समाजमा स्वास्थ्यप्रतिको बुझाइलाई समेटिएको बताए । यस्तै, डा. दामोदर पुडासैनीले भट्टद्वारा लिखित ‘जननेन्द्रिय प्रणाली रोग, निदान तथा उपचार’ माथि चर्चा गरेका थिए । हरेक बिरामीलाई डा. उपलब्ध कठिन रहेको भन्दै त्यस किसिमको समस्याको समाधानका लागि डा. भट्टको यो पुस्तक उपयुक्त भएको दाबी गरे ।

कार्यक्रममा बोल्दै युरोलोजिष्ट डा. उत्तम शर्माले डा. भट्टकायी पुस्तक हरेक नेपालीलाई स्वास्थ्यको गाइडका रुपमा रहेको बताए । एकदमै सरल सबैले बुझ्न सक्ने भाषामा स्वास्थ्य सम्बन्धी विषयलाई समेटिएको यो पुस्तक आमजनताका लागि उपयोगीहुने विश्वास व्यक्त गरे । साथै उनले आगामी दिनमा स्वास्थ्य सम्बन्धी आफ्नो अनुभव समेटेर पुस्तक प्रकाशन गर्ने लक्ष रहेको बताए ।