काठमाडौँ ।
अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट अभिनेता-अभिनेत्री घोषित भएका छन् । चलचित्र विकास बोर्डको आयोजनामा बुधवार राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ समारोहमा कार्कीले ‘प्रसाद २’ र खड्काले ‘दिमाग खराब’ चलचित्रबाट पुरस्कार प्राप्त गरे ।
उत्कृष्ट निर्देशक चलचित्र ‘दिमाग खराब’को लागि निश्चल बस्नेत बने। कार्यक्रममा सबैभन्दा धेरै अवार्ड ‘बुलाकी’ले जित्यो ।‘बुलाकी’ले उत्कृष्ट चलचित्रसहित लेखनमा राजबहादुर साने र छायाङ्कनमा शिव ढकालले प्राप्त गरे । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी सभापति र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ विशेष अतिथिको रूपमा समारोहमा नेपाली चलचित्र क्षेत्रका दिग्गज कलाकार, निर्माता, निर्देशक तथा पत्रकारहरूको सहभागिता थियो ।
उत्कृष्ट चलचित्र- बुलाकी
उत्कृष्ट अभिनेता- विपिन कार्की (प्रसाद २)
उत्कृष्ट अभिनेत्री- स्वस्तिमा खड्का (दिमाग खराब)
उत्कृष्ट निर्देशक- निश्चल बस्नेत (दिमाग खराब)
उत्कृष्ट सम्पादक- मित्र डी गुरुङ (महाजात्रा)
उत्कृष्ट छायाकार- शिव ढकाल (बुलाकी)
उत्कृष्ट लेखनस् राजबहादुर साने (बुलाकी)
उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रस् लोजिमा (लिम्बु भाषा) निर्णायक समिति प्रोत्साहन पुरस्कार
अभिनेत्री- स्वस्तिमा कार्की (टुल्की)
व्यावसायिक चलचित्र- जारी विशेष योगदान सम्मान
तैय्यव शाह – कलाकार
कृष्ण प्रसाद रायमाझी – प्रदर्शक
नारायण प्रधान – द्वन्द्व निर्देशक
विद्या कार्की – कलाकार
नरेन्द्र महर्जन – प्रदर्शक
नन्द किशोर प्रसाद श्रीवास्तव – कलाकाररनिर्माता
भोज बहादुर गुरुङ – निर्देशकरनिर्माता
अमूल कार्की ढली – सङ्गीत संयोजक
ध्रुवकुमार श्रेष्ठ – प्रदर्शक
बुद्धि तामाङ – कलाकार
सबिता गुरुङ – कलाकार विशेष चलचित्र पुरस्कार सतीदेवी, सुगुप (लिम्बु भाषा), र मार्कली (गुरुङ भाषा) चलचित्र दीर्घ साधना सम्मान नेपाली चलचित्र इतिहासको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री चैत्यदेवी सिंहलाई चलचित्र दीर्घ साधना सम्मान प्रदान गरिएको थियो ।