• २०८१ माघ ९ बुधबार

नारायण थापाको ‘कुनै दिन त’ सार्वजनिक

काठमाडौँ ।

विगत दुई दशकदेखि नेपाली गीतसंगीतमा निरन्तर सक्रिय रहँदै आएका गायक नारायण थापाको स्वरमा गीत ‘कुनै दिन त’ सार्वजनिक भएको छ ।

वरिष्ठ गीतकार डा कृष्णहरि बरालको शब्द, गैरे सुरेशको सङ्गीत, माहाराज थापाको एरेन्ज, किशोर थापाको मिक्सिङ्ग गीतमा छ । गीतको भिडियोमा कमल सिंह, सुष्मिता, जीवन आचार्य लगायतको अभिनय छ ।

बुद्ध थापाको छायाङ्कन, विकाश दाहालको सम्पादन रहेको गीतको भिडियोका निर्देशक प्रकाश धिताल हुन् ।