• २०८२ बैशाख ७ आइतबार

सुशीलाका खड्का“हसिना”को“पहिरोभित्रको घाम”कवितासंग्रह लोकार्पण

कवि सुशीला खड्का “हसिना” को कवितासङ्ग्रह “पहिरोभित्रको घाम” सार्वजनिक भएको छ । पाठशाला नेपाल फाउन्डेसनको सभाकक्ष, नयाँ बानेश्वरमा शुक्रबार आयोजित एक सभामा प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, पेज टर्नरका अध्यक्ष साहित्यकार भुवनहरि सिग्देल तथा अन्य अतिथिहरूले उक्त कृतिलाई सार्वजनिक गरेका हुन् ।

कृतिमाथि टिप्पणी गर्दै समालोचक डा. गीता त्रिपाठीले सुशीलाका कवितामा समाजिक– राजनीतिक विसङ्गतिका विरुद्धको विद्रोह भएको बताइन् । उनले भनिन्, सुशीलाका कवितामा हरेक वर्गका पात्रको चित्रण छ । अर्का समीक्षक महेश पौड्यालले हसिनाका कविता जस्तै अन्धकारमा पनि आशाको सन्चार गर्न सफल भएको बताए ।

कार्यक्रममा प्राज्ञ लक्ष्मी माली, कवि तथा समालोचक डा. रामप्रसाद ज्ञवाली, गीतकार तथा आख्यानकार राजेन्द्र थापा तथा राष्ट्रिय नाचघरका पूर्व महाप्रबन्धक राजेश थापाले शुभकामना व्यक्त गरे । सभाध्यक्ष सिग्देलले सुशीलाका कवितामा वर्तमान समयको आवाज भएको बताए । कवि सुशीलाले आफ्नो पुस्तक आफूले देखेको समयको रेखाचित्र भएको बताइन् ।

कविहरू विधान आचार्य, गीता कार्की तथा कमला रिसालले सङ्ग्रहभित्रका एक एक कविता वाचन गरे । कार्यक्रमको सञ्चालन कवि मञ्जिला अनीलले गरेकी थिइन । पुस्तकलाई पेज टर्नरले बजारमा ल्याएको हो । यो कवि सुशीलाको पहिलो कविता–सङ्ग्रह हो ।